उपप्रधानमन्त्री श्रेष्ठसँग फ्रिडम फण्डका पदाधिकारीको भेट « Khabarhub

उपप्रधानमन्त्री श्रेष्ठसँग फ्रिडम फण्डका पदाधिकारीको भेट


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग फ्रिडम फण्डका पदाधिकारी तथा प्रतिनिधिले भेटवार्ता गरेको छ । सिंहदरबारस्थित गृह मन्त्रालयमा आज भएको सो भेटमा उहाँहरूबीच नेपाल सरकारका प्राथमिकता र फ्रिडम फण्डले गर्नसक्ने सहयोगका बारेमा छलफल भएको थियो ।

श्रमिक एवं कामदारमाथि हुने घरेलु, लैङ्गिक र आर्थिक हिंसाविरोधी अभियानमा सामाजिक संस्थामार्फत सहयोग पुर्‍याउँदै आएको फ्रिडम फण्डले नेपाल सरकारसँगसमेत सहकार्यको प्रस्ताव गरेको थियो । त्यसक्रममा टोली प्रमुख नताशा डोल्बीले अनुचित लेनदेन (मिटरब्याज) नियन्त्रणसम्बन्धि कानुन निर्माण र लागू गरेकामा उपप्रधानमन्त्री श्रेष्ठप्रति आभार व्यक्त गरेका थिए ।

उपप्रधानमन्त्री श्रेष्ठले कृषि, जलविद्युत्, पर्यटन र जडिबुटी गरी नेपालको विकासका मुख्य चार क्षेत्रमा सहकार्य जरुरी रहेको बताए। राजनीतिक परिवर्तनलाई सामाजिक न्यायसहितको आर्थिक समृद्धिमा एकाकार गर्ने मूल लक्ष्यमा वर्तमान सरकारको मूल जोड रहेको र सबै सहकार्य र सहयोग त्यसैमा केन्द्रित होस् भन्ने चाहना आफूहरूको भएको उनले बताए ।

सन् २०२६ देखि नेपाल विकासशील देशमा स्तरोन्नति हुने भएकाले पनि भौतिक र सामाजिक विकासको रफ्तारलाई अघि बढाउन सहयोगको खाँचो रहेको उपप्रधानमन्त्री श्रेष्ठले बताए । टोली प्रमुख र प्रतिनिधिहरूले राजनीतिक परिवर्तन र भौतिक विकासलाई सामाजिक न्यायसहित अगाडि बढाउने सरकारको प्राथमिकताको प्रशंसा गरेका थिए ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ७ : ०६ बजे

सानोथिमि बाल सुधारगृहमा झडप र आगजनी

भादगाउँ– मध्यपुरथिमि–२ सानोथिमिस्थित बाल सुधारगृहमा बिहीबार राति झडप र आगजनी

सुशील स्टारर ‘परिवर्तन’ प्रदर्शनमा आएपछि हलमा छन् ६ नेपाली फिल्म

काठमाडौं – नायक सुशील श्रेष्ठ र नायिका अञ्जना बराइली स्टारर

कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै

काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज शुक्रबार बस्दैछ ।

चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस

बेलबारी– प्रतिनिधिसभा सदस्यका लागि आगामी फागुन २१ गते हुने निर्वाचनमा

श्रीपञ्चमी : मिथिलामा कृषि नववर्ष उत्सवको परम्परा

महोत्तरी– मधेसको महोत्तरीसहितका प्राचीन मिथिला क्षेत्रमा कृषि नववर्ष उत्सवको तयारी