सर्वदलीय बैठकपछि रवि भन्छन्- ‘जनता जोगाए, व्यवस्था आफैं जोगिन्छ’ « Khabarhub

सर्वदलीय बैठकपछि रवि भन्छन्- ‘जनता जोगाए, व्यवस्था आफैं जोगिन्छ’


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भूकम्पपीडित जनताहरुलाई बचाउन ध्यान नदिएर व्यवस्था जोगाउन सर्वदलीय बैठक बस्नु आपत्तिजनक भएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत लामिछानेले जनता जोगाए व्यवस्था आँफै जोगिने भन्दै भूकम्पपीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका हुन् । भूकम्प पीडित जनातालाई ब्ल्यांकेट, पाल, खाना चाहिएको, चिसोबाट ज्यान जोगाउनु परिरहेको अवस्थामा राहत वितरणमा ध्यान दिन उनले सरकारलाई सुझाव दिएका छन् ।

उनले लेखेका छन्,‘आदरणीय सर्वदलीय हेड सरहरु यता सुन्नुस् है, आज बैठक गर्ने सबै पार्टी मिलेर भुकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्। ब्यवस्था आफै जोगिन्छ, परिवर्तन आफै जोगिन्छ।।सुत्केरीहरुको जिउ सुन्निएको छ, अस्थाइ शौचालय छैन, पुरिएका चौपायाका कारण महामारी फैलने डर छ।’

सभापति लामिछानेले सरकारले राहत, पुनःस्थापना र पुनः निमार्ण गर्न नसक्ने भए रास्वपालाई जिम्मेवारी दिन समेत चुनौती दिएका छन् । ‘जुटाइदिएको पाल,चामल,दाल समयमै बाड्न नसक्ने अनि चिन्ता ब्यवस्थाको, परिवर्तन को ? तपाईंहरुले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ त्यो पनि पुनर्निर्माण सम्मको जिम्मा लिन तयार छ’ उनले उल्लेख गरेका छन् ।

साथै उनले उद्दार कार्य उत्कृष्ट भएको तर राहत वितरण कत्तिपनि सही नभएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : ३६ बजे

बूढीगण्डकी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन भइसक्यो : गृहमन्त्री गुरुङ

काठमाडौँ– गृहमन्त्री सुधन गुरुङले बूढीगण्डकी नदी तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल

कांग्रेस महामन्त्रीमा पौडेल र पुन अगाडि, अरुको अवस्था के छ ?

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत महामन्त्री (खुला २) पदका लागि

कांग्रेसको उपसभापतिमा भण्डारी (६७९) र आचार्य (३९३)लाई अग्रता

काठमाडौँ– नेपाली कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा उपसभापति (खुला २)

बूढीगण्डकीमा आएको बाढीले आरुघाटस्थित पक्की पुल र केरौँजा जाने झोलुंगे पुल बगायो

काठमाडौँ– गोरखाको बूढीगण्डकीमा आएको बाढीले आरुघाट गाउँपालिकास्थित सोती र मान्बु

रियाद विमानस्थलमा हुथी विद्रोहीको आक्रमण, १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते

काठमाडौँ– साउदी अरबको राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा इरान