सर्वदलीय बैठकपछि रवि भन्छन्- ‘जनता जोगाए, व्यवस्था आफैं जोगिन्छ’ « Khabarhub

सर्वदलीय बैठकपछि रवि भन्छन्- ‘जनता जोगाए, व्यवस्था आफैं जोगिन्छ’


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भूकम्पपीडित जनताहरुलाई बचाउन ध्यान नदिएर व्यवस्था जोगाउन सर्वदलीय बैठक बस्नु आपत्तिजनक भएको बताएका छन् ।

मंगलबार सामाजिक सञ्जालमार्फत लामिछानेले जनता जोगाए व्यवस्था आँफै जोगिने भन्दै भूकम्पपीडितहरुलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका हुन् । भूकम्प पीडित जनातालाई ब्ल्यांकेट, पाल, खाना चाहिएको, चिसोबाट ज्यान जोगाउनु परिरहेको अवस्थामा राहत वितरणमा ध्यान दिन उनले सरकारलाई सुझाव दिएका छन् ।

उनले लेखेका छन्,‘आदरणीय सर्वदलीय हेड सरहरु यता सुन्नुस् है, आज बैठक गर्ने सबै पार्टी मिलेर भुकम्प पीडितका घरमा पाल र ब्लान्केट पुर्याउनुहोस् र यो चिसोमा जनता जोगाउनुस्। ब्यवस्था आफै जोगिन्छ, परिवर्तन आफै जोगिन्छ।।सुत्केरीहरुको जिउ सुन्निएको छ, अस्थाइ शौचालय छैन, पुरिएका चौपायाका कारण महामारी फैलने डर छ।’

सभापति लामिछानेले सरकारले राहत, पुनःस्थापना र पुनः निमार्ण गर्न नसक्ने भए रास्वपालाई जिम्मेवारी दिन समेत चुनौती दिएका छन् । ‘जुटाइदिएको पाल,चामल,दाल समयमै बाड्न नसक्ने अनि चिन्ता ब्यवस्थाको, परिवर्तन को ? तपाईंहरुले सक्नु हुन्न भने भन्नुस्, रास्वपाले सक्छ र रास्वपा तयार छ त्यो पनि पुनर्निर्माण सम्मको जिम्मा लिन तयार छ’ उनले उल्लेख गरेका छन् ।

साथै उनले उद्दार कार्य उत्कृष्ट भएको तर राहत वितरण कत्तिपनि सही नभएको टिप्पणी गरेका छन् ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  ८ : ३६ बजे

बैतडी र बागलुङमा बाक्लो हिमपात, जनजीवन प्रभावित

बैतडी– बैतडीमा आज बिहानैदेखि बाक्लो हिमपात भएको छ । जिल्लाका

योगेशलाई रोकेर ओलीले अघि बढाएका क्षितिजलाई छैन सजिलो, कांग्रेस र रास्वपाको बलियो चुनौती

काठमाडौं – नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले जित्दै आएको ताप्लेजुङमा

सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदै

काठमाडौं– विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय

२४ घण्टामा देशभर विपदका २० घटना

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले माघ १२

प्रधानमन्त्री कप क्रिकेट : सुदूरपश्चिममा खडकको कप्तानीमा टोली घोषणा

बैतडी– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम छनोट खेल्ने