प्रधानाध्यापक आत्महत्या प्रकरण : सिरहामा पठनपाठन प्रभावित | Khabarhub Khabarhub

प्रधानाध्यापक आत्महत्या प्रकरण : सिरहामा पठनपाठन प्रभावित


२१ कार्तिक २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


126
Shares
  • change font
  • change font
  • change font

सिरहा –सिरहाको गोलबजार नगरपालिकाको एक सामुदायिक विद्यालयका प्रधानाध्यापकको मृत्यु प्रकरणको सूक्ष्म छानबिनसहित नौबुँदे माग राखेर जिल्लाका शिक्षक सङ्घ सङ्गठनले गरेको आन्दोलनको कारण आज यहाँका विद्यालयको पठनपाठन प्रभावित भएको छ ।

गोलबजार नगरपालिका–३ स्थित सरस्वती माध्यमिक विद्यालय जमदहका प्रधानाध्यापक सञ्जीवकुमार साह आफ्नै विद्यालयमा आइतबार बिहान झुन्डिएर आत्महत्या गरेका थिए ।

प्रधानाध्यापक साहको शङ्कास्पद मृत्यु भएको भन्दै जिल्लाका विभिन्न आठ पेसागत शिक्षक सङ्गठनले घटनाको सत्य, तथ्य र निष्पक्ष छानबिन गरी दोषी पत्ता लगाउन दबाबस्वरुप आज जिल्लाभर पठनपाठन ठप्प पारेका छन् ।

त्यस्तै शिक्षकले गोलबजार नगरपालिकाअन्तर्गतका सम्पूर्ण विद्यालय अनिश्चितकालका लागि बन्दको घोषणा गरेका छन् । मृतकको परिवार र स्थानीयले पूर्वपश्चिम राजमार्गको विभिन्न खण्डमा चक्काजामसमेत गरेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको सिरहा प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २१ कार्तिक २०८०, मंगलबार  १० : १३ बजे

भारतविरुद्ध इंग्ल्यान्डको रोमाञ्चक जित, सिरिजमा २–१ को अग्रता

लन्डन– भारतविरुद्धको टेस्ट सिरिजमा इंग्ल्यान्डले दोस्रो जित निकालेको छ ।

पाकिस्तानमा मनसुनको प्रकोपः १११ जनाको मृत्यु, थप वर्षाको चेतावनी

इस्लामाबाद – पाकिस्तानमा जून अन्त्यदेखि सुरु भएको मनसुन वर्षाले अहिलेसम्म

बबई नदीमा नुहाउने क्रममा बेपत्ता भएका दुई जनाको शव भेटियो

दाङ – बबई नदीमा नुहाउने क्रममा आज दिउँसो डुबेर बेपत्ता

माडीमा रेबिजको सङ्क्रमण बढ्दो

चितवन – चितवन को माडी नगरपालिकामा रेबिजको सङ्क्रमण बढेको छ

बीमा प्राधिकरणका अध्यक्ष ओझा निलम्बित, छानबिन गर्न समिति गठन

काठमाडौं – बिमा प्राधिकरणका अध्यक्ष शरद ओझा पदबाट निलम्बित भएका