हात्तीको प्रतीक घरमा राख्दा फाइदै फाइदा « Khabarhub

हात्तीको प्रतीक घरमा राख्दा फाइदै फाइदा


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

आफू बस्ने घर सफा र सुन्दर बनाउने सबैको चाहना हुन्छ । यही चाहनाअनुसार विभिन्न वस्तुहरूले घर सजावट गर्ने चलन छ ।

वास्तुशास्त्र अनुसार घरमा सजाइने वस्तुले शुभ र अशुभ दुवै फलको संकेत गर्दछ । विशेष गरी घरमा गणेश, विष्णु, सरस्वतीलगायत देवीदेवताका तस्वीर राख्ने गरेको पाइन्छ ।

यी बाहेक पशुपक्षीका तस्वीर राख्दा पनि घरमा सुख, शान्ति भित्रिने शास्त्रीय मान्यता रहेको छ । यसै सन्दर्भमा आज हामी हात्तीको प्रतीक राख्दा कस्तो फल मिल्छ भन्ने विषयमा चर्चा गर्दैछौँ ।

आफ्नो घर, कार्यालय वा व्यापारिक प्रतिष्ठानमा सही स्थानमा हात्तीको मूर्ति वा तस्वीर राख्दा उक्त घरपरिवारका सदस्यका हरेक इच्छा पूरा हुने वास्तु शास्त्रमा उल्लेख छ ।

हात्तीलाई विघ्नहर्ता भगवान् गणेशको रूपमा पुज्ने गरिन्छ । गणेश भगवान् सन्तान र सम्पत्ति प्राप्तिका प्रतीक मानिन्छन् । घरमा हात्तीको प्रतीमा वा तस्वीर राख्दा श्रीमान् र श्रीमतीबीचको मतभेद हराउने, जीवनमा हरेक क्षेत्रमा सफलता प्राप्त हुने जनविश्वास छ ।

हात्तीलाई ऐश्वर्यको प्रतीक पनि मानिन्छ । बैठक कोठामा पित्तलको हात्तीको प्रतिमा राख्दा शान्ति तथा समृद्धि आउने विश्वास गरिन्छ ।

घरको उत्तर दिशामा चाँदीले बनेको हात्ती राख्नु वास्तुकलाको दृष्टिकोणबाट शुभ मानिन्छ । यो ऐश्वर्यको प्रतीक पनि हो ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ६ : १८ बजे

भोजपुरमा कांग्रेसको ८ स्थानीय तहमा अधिवेशन सम्पन्न

भोजपुर– नेपाली कांग्रेस भोजपुरका नौमध्ये ८ वटा स्थानीय तहमा अधिवेशन

जलवायु सङ्कट सामना गर्न प्रतिबद्धताबाट कार्यान्वयनतर्फ जानुपर्छ : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– परराष्ट्रमन्त्री शिशिर खनालले जलवायु परिवर्तनबाट सिर्जित सङ्कट सामना गर्न

एमाले सचिवालय बैठक बस्दै, केन्द्रीय कमिटी बैठक पनि जारी रहने

काठमाडौँ– नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान

मकवानपुरमा सतर्कता : कुलेखानी जलाशयको स्थलगत अनुमगन

हेटौँडा– जल तथा मौसम विभागले भारी वर्षाको प्रक्षेपण गरेपछि मकवानपुर

विद्यार्थीलाई न्यानो कपडा वितरण

खोटाङ– दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको मुडेस्थित सिद्धेश्वरी आधारभूत विद्यालयका