दुर्गा प्रसाईँसँग मोर्चा बनाउन सकिन्छ : कमल थापा | Khabarhub Khabarhub

दुर्गा प्रसाईँसँग मोर्चा बनाउन सकिन्छ : कमल थापा


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 1 मिनेट


312
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले पछिल्लो समय राजावादीहरूको मोर्चा बनाउने प्रस्ताव अघि सारेका छन् । मोर्चामा मेडिकल व्यवसायी दुर्गा प्रसाईं समेटिन सक्ने थापाको भनाइ छ ।

राप्रपाका विभिन्न समुहबीच हाल एकताको सम्भावना नरहे पनि मोर्चा बनाएर अघि जान सकिने थापाको प्रस्ताव छ । यस्तो मोर्चामा दुर्गा प्रसाईँ पनि अटाउन सक्ने उनले खबरहबलाई बताए ।

दुर्गा प्रसाईँले सुरु गरेको राजावादी आन्दोलनलाई कसरी हेर्नुहुन्छ भन्ने खबरहबको प्रश्नमा पूर्वउपप्रधानमन्त्री एवं राप्रपा नेपालका अध्यक्ष थापाको प्रतिक्रिया उनकै शब्दमा–

दुर्गा प्रसाईजीको पृष्ठभूमि र उहाँको व्यक्तित्वका बारेमा सकारात्मक नकारात्मक टिप्पणीहरु छन् । म त्यतापट्टि जान चाहन्नँ । हिजो कसले के गर्‍यो भन्ने कुरा खोज्दै हिँड्यो भने हामी आफ्नो लक्षमा पुग्न सक्दैनौँ । विगतमा कुनै न कुनै किसिमका कमजोरीहरू सबैबाट भएका हुन सक्छन् । कोही पनि दूधले धोएका मान्छेहरू छैनन् । मबाट पनि कमी कमजोरीहरू भएको हुन सक्छ । त्यसकारणले दुर्गा प्रसाईँजीको विगतको बारेमा म चर्चा गर्न चाहन्नँ ।

अहिले उहाँले जुन विषयहरू उठाउनुभएको छ, त्यसको सान्दर्भिकता म देख्छु । हसिहलो कुरो उहाँले आम जनताले अहिले जनताले अहिले भोग्नु परिरहेको पीडालाई आफ्नै भाषा, शैली र ढंगबाट मुखरित गरिदिनुभएको छ ।

अहिले आम जनता आर्थिक मन्दी र संकटको पीडाबाट गुज्रिराखेका छन् । दुर्गा प्रसाईजीले लघुवित्त, सहकारी र बैंकको ऋणको कारणले गर्दाखेरि पीडा भोगिराखेका लाखौं जनताको भावनालाई सडकमा ल्याइदिनुभएको छ । र, अहिलेको व्यवस्था असफल भएको हुँदा राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको कुरा गर्नुभएको छ । यी दुबै कुरामा  म हाम्रो समानता र निकटता देख्छु ।

तर, दुर्गा प्रसाईँजीको कार्यशैली, उहाँको अभिव्यक्तिका बारेमा चाहिँ प्रश्न गर्न सकिन्छ । त्यसकारणले पनि मैले भनेको के हो भने जनताको भावना छ, जनमत छ, त्यसलाई संगठित गर्तका निमित्त दुर्गा प्रसाईँजी एक्लैले पनि हुँदैन । राप्रपा नेपाल एक्लैले पनि हुँदैन । अरुबाट पनि एक्लैले हुँदैन ।

यदि हामी अहिलेको देशको संकटलाई महसुस गर्छौं र त्यसबाट मुक्ति चाहन्छौँ भने स्वाभाविकरूपले अलिकति क्रान्तिकारी ढंगबाटै आउनुपर्छ । र, त्यसमा मोर्चा निर्माण गरेर अगाडि जान सकिन्छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ५ : १३ बजे

फिल्म ‘गलवान’को लागि तौल घटाउँदै छन् सलमान

काठमाडौं– बलिउड नायक सलमान खान नयाँ फिल्मको तयारीमा जुटेको पाइएको

मानव स्वास्थ्यका लागि योग : केही अभ्यास (तस्बिरहरू)

काठमाडौं– आज ११औँ विश्व योग दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै

सहयोग र श्रमदानबाट खेलमैदान निर्माण

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ५ पाउद्धारमा स्थानीयवासीले थप १६ लाख

मानव अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालको उपलब्धि महत्त्वपूर्ण : मन्त्री पाण्डे

ललितपुर– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मानव अङ्ग

सिंगापुर सूत्र : कडा कानून, योजनाबद्ध सोच र इमानी नेतृत्व

सुशासन र विकासका लागि सिंगापुरलाई विश्वले नै आदर्श मोडल मान्छ।