रुसले आफ्ना शीर्ष नेताविरुद्ध जासुसी गरेको बेलायतको आरोप « Khabarhub

रुसले आफ्ना शीर्ष नेताविरुद्ध जासुसी गरेको बेलायतको आरोप


२१ मंसिर २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

लन्डन – बेलायत सरकारले बिहीबार रुसी सुरक्षा सेवामाथि आफ्ना शीर्ष राजनीतिज्ञ, पत्रकार र गैरसरकारी संस्थाहरूविरुद्ध लगातार साइबर जासुसी अभियानमा संलग्न भएको आरोप लगाएको छ ।

रुसमाथि यसअघि पनि बेलायतको राजनीतिमा हस्तक्षेप गरेको आशङ्का गरिएको छ । विभाजनकारी २०१६ ब्रेक्सिट जनमत सङ्ग्रहमा रुसले हस्तक्षेप गरेको आशङ्का छ । यद्यपि उक्त हस्तक्षेपको अनुसन्धानमा असफल रहेकामा कन्जरभेटिभ सरकारको आलोचना गरिएको छ ।

पछिल्लो दावीमा बेलायती विदेश मन्त्रालयले रुसको सङ्घीय सुरक्षा सेवा ९एफएसबी० बेलायतको राजनीतिक प्रक्रियाहरूमा हस्तक्षेप गर्ने असफल प्रयासको पछाडि थियो भन्दै उक्त मामिलाबारे लन्डनमा रुसका राजदूतलाई बोलाइएको बताएको छ ।

‘बेलायतको राजनीतिमा हस्तक्षेप गर्ने रुसका प्रयासहरू सम्पूर्णरूपमा अस्वीकार्य छ र उसले हाम्रो लोकतान्त्रिक प्रक्रियाहरूलाई जोखिममा पार्न खोजेको छ’, बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले एक विज्ञप्तिमा भने, ‘हामी जिम्मेबार व्यक्तिहरूमाथि प्रतिबन्ध लगाएर र आज रुसी राजदूतलाई बोलाएर प्रभाव पार्ने उसको कुत्सित प्रयासहरू उजागर गर्दैछौँ र रुसले विश्वव्यापी मञ्चमा कसरी कामको छनोट गर्छ भनेर उदाहरणका लागि प्रकाश पार्दैछौँ ।’

क्यामरुनको कार्यालयले सेन्टर १८ (एफएसबीभित्रको एकाइ) बेलायतलाई लक्षित गर्ने ‘साइबर जासुसी कार्यहरूको दायरा’ का लागि जिम्मेबार रहेको बताएको छ । एफएसबीले धेरै राजनीतिक दलका सांसदहरूलाई लक्षित गरेको र केही साइबर हमलाका कारण कम्तीमा सन् २०१५ देखि सन् २०२३ सम्म एउटा अपरेसनमा कागजातहरू ९लिक० चुहावट भएको बेलायत सरकारले दाबी गरेको छ ।

प्रकाशित मिति : २१ मंसिर २०८०, बिहीबार  ११ : ०१ बजे

कात्तिक २० मा ‘डल्लेले इन्ट्री मार्‍यो’

काठमाडौं– अभिनेता ‘सागर लम्साल ‘बले’ को डेब्यु चलचित्र ‘डल्लेले इन्ट्री

चीनियाँ सहयोग र सीमा नाका सञ्चालनबारे छलफल

काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत

धौलीगङ्गा जलविद्युतका बाँध खोलिँदै, महाकाली तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

बैतडी– भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः

चितवनको कुरिनटारमा रोकिएका मालवाहक सवारी

काठमाडौं– पृथ्वी राजमार्ग अवरुद्ध भएपछि चितवनको कुरिनटारमा मालवाहक सवारी रोकिएका

रसुवाका २०१ अभिभावक र ३८ जना विद्यार्थी बेपत्ता

रसुवा– भोटेकोशी बाढीबाट रसुवाका निजी विद्यालयमा ठूलो मानवीय तथा भौतिक