स्पेनिस ला लिगा : रियल मड्रिडमाथि भिल्लाको जित « Khabarhub

स्पेनिस ला लिगा : रियल मड्रिडमाथि भिल्लाको जित


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा अन्तर्गत गएराति भएको खेलमा भिल्ला रियलले रियल मड्रिडलाई २-१ गोलले पराजित गरेको छ।

भिल्ला रियलको जितमा एरिमी पिनो र जेरार्ड मोरेनोले एकएक गोल गरेका हुन्। रियल मड्रिडका करिम बेन्जिमाले एक गोल फर्काए पनि जितका लागि पर्याप्त भएन।

पहिलो हाफ गोल रहित बराबरीमा टुंगिएको खेलको दोस्रो हाफमा भिल्ला विजयी भएको हो।

भिल्लाका लागि खेलको ४७ औं मिनेटमा पिनोले पहिलो गोल गरेका थिए। खेलको ६० औं मिनेटमा रियल मड्रिडका बेन्जिमाले पेनाल्टी गोल गर्दै खेल १–१ को बराबरीमा फर्काएका थिए।

खेलको ६३ औं मिनेटमा मोरेनोले गोल गर्दै भिल्लाको जित निश्चित गरेका हुन्। यो जितसँगै भिल्ला रियल पाँचौं स्थानमा उक्लिएको छ। उसले १६ खेलमा २७ अंक जोडेको छ।

शनिबार राति पराजित भएसँगै शीर्ष स्थानमा पुग्ने अवसर गुमाएको रियल ३८ अंक जोडेर दोस्रो स्थानमा कायमै छ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ६ : २५ बजे

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर