विश्व इतिहासमा आजः प्रसिद्ध वैज्ञानिक स्टेफिन हकिङको जन्म « Khabarhub

विश्व इतिहासमा आजः प्रसिद्ध वैज्ञानिक स्टेफिन हकिङको जन्म


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आज ८ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

रसियाली अन्तरिक्ष यात्रीको अन्तरिक्षमा रेकर्ड
सन् १९९४ को ८ जनवरीमा रसियाली अन्तरिक्षयात्री भालेरी पोल्याकोभले रेकर्ड सम्पन्न गरेका थिए। पोल्याकोभ मिर स्पेस स्टेसनमा ४३७ दिन १८ घन्टासम्म अन्तरिक्षमा बसेका थिए।

फ्रान्समा नयाँ राष्ट्रपति
आजकै दिन अर्थात सन् १९५९ को ८ जनवरीमा चाल्स डी गाउँली फ्रान्स्को राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनको दक्षिणपन्थी राजनीतिक आदर्श गाउँलिज्मले अझै पनि फ्रान्सको राजनीतिमा प्रभाव पारेको छ।

मन्डेलाको पार्टी स्थापना
सन् १९१२ मा अफ्रिकन नेसनल कंग्रेसको स्थापना भएको थियो। पार्टीका तत्कालीन नेता नेल्सन मन्डेलाले रंगभेदविरुद्धको लडाइँमा ठूलो संघर्ष गरेका थिए। एएनसी अहिले पनि सत्तामा छ।

स्टेफिन हकिङको जन्म
आज अर्थात सन् १९४२ को ८ जनवरीमा विश्व प्रसिद्ध अङ्ग्रेजी भौतिक शास्त्री तथा लेखक स्टेफिन हकिङको जन्म भएको थियो। बेलायतको अक्सफोर्डमा जन्मिएका उनी पढाइमा अब्बल थिए। उनले भौतिक विज्ञान र ब्रह्मण्डविज्ञानमा उल्लेखनीय काम गरेका छन्।

२१ वर्षको उमेरमा उनी अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस नामक रोगबाट पीडित थिए। डाक्टरहरूले उनलाई २ वर्षभन्दा बढी बाँच्दैनन् भनेका थिए।

उनको रोग डाक्टरहरूले भनेअनुरूप बढेन तर, स्नायु प्रणालीलाई भने कमजोर बनाउँदै गयो। उनको दिमागबाहेक शरीरका कुनै पनि भाग चल्दैनथ्यो। उनी ‘भ्वाइस सिन्थोसाइजर’को सहाराले मात्र बोल्न सक्दथे।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : १९ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा