विश्व इतिहासमा आजः प्रसिद्ध वैज्ञानिक स्टेफिन हकिङको जन्म « Khabarhub

विश्व इतिहासमा आजः प्रसिद्ध वैज्ञानिक स्टेफिन हकिङको जन्म


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

आज ८ जनवरी। आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए। प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाः

रसियाली अन्तरिक्ष यात्रीको अन्तरिक्षमा रेकर्ड
सन् १९९४ को ८ जनवरीमा रसियाली अन्तरिक्षयात्री भालेरी पोल्याकोभले रेकर्ड सम्पन्न गरेका थिए। पोल्याकोभ मिर स्पेस स्टेसनमा ४३७ दिन १८ घन्टासम्म अन्तरिक्षमा बसेका थिए।

फ्रान्समा नयाँ राष्ट्रपति
आजकै दिन अर्थात सन् १९५९ को ८ जनवरीमा चाल्स डी गाउँली फ्रान्स्को राष्ट्रपतिमा निर्वाचित भएका थिए। उनको दक्षिणपन्थी राजनीतिक आदर्श गाउँलिज्मले अझै पनि फ्रान्सको राजनीतिमा प्रभाव पारेको छ।

मन्डेलाको पार्टी स्थापना
सन् १९१२ मा अफ्रिकन नेसनल कंग्रेसको स्थापना भएको थियो। पार्टीका तत्कालीन नेता नेल्सन मन्डेलाले रंगभेदविरुद्धको लडाइँमा ठूलो संघर्ष गरेका थिए। एएनसी अहिले पनि सत्तामा छ।

स्टेफिन हकिङको जन्म
आज अर्थात सन् १९४२ को ८ जनवरीमा विश्व प्रसिद्ध अङ्ग्रेजी भौतिक शास्त्री तथा लेखक स्टेफिन हकिङको जन्म भएको थियो। बेलायतको अक्सफोर्डमा जन्मिएका उनी पढाइमा अब्बल थिए। उनले भौतिक विज्ञान र ब्रह्मण्डविज्ञानमा उल्लेखनीय काम गरेका छन्।

२१ वर्षको उमेरमा उनी अम्योट्रोफिक ल्याटरल स्क्लेरोसिस नामक रोगबाट पीडित थिए। डाक्टरहरूले उनलाई २ वर्षभन्दा बढी बाँच्दैनन् भनेका थिए।

उनको रोग डाक्टरहरूले भनेअनुरूप बढेन तर, स्नायु प्रणालीलाई भने कमजोर बनाउँदै गयो। उनको दिमागबाहेक शरीरका कुनै पनि भाग चल्दैनथ्यो। उनी ‘भ्वाइस सिन्थोसाइजर’को सहाराले मात्र बोल्न सक्दथे।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ७ : १९ बजे

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम

किएभमा रुसी क्षेप्यास्त्र आक्रमण, एक जनाको मृत्यु, छ घाइते

किएभ- युक्रेनको राजधानी किएभमा रुसी ब्यालेस्टिक क्षेप्यास्त्र आक्रमणमा परी एक जनाको

महँगीले खर्चिलो बन्दै छ दसैँ

काठमाडौं– काठमाडौं उपत्यकाभित्रका प्रायः सबै मुख्य बजारमा अहिले किनमेल गर्ने

ग्रिनल्यान्डमा तेल, ग्यास र खनिजको खोजी चाँडै सुरु हुनेछ : ट्रम्प 

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ग्रिनल्यान्डमा ठूलो परिमाणमा तेल,

प्रस्तावित राजदूत खरेलको सुनुवाइ प्रक्रिया लम्बियो, थप अध्ययन गरिने

काठमाडौँ- मलेसियाका लागि प्रस्तावित नेपाली राजदूत चुडामणि खरेलको संसदीय सुनुवाइ प्रक्रिया