मा‌‌ओवादीपछि नेसपाले बनाउँदै वार्ता टोली « Khabarhub

मा‌‌ओवादीपछि नेसपाले बनाउँदै वार्ता टोली


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा माओवादी केन्द्रले वाम दलहरुबीच एकताको पहल गर्न वार्ता टोली गठन गरेको भोलिपल्ट डा. बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)ले पनि वार्ता टोली गठन गर्ने भएको छ ।

आइतबार बिहान ११ बजे पार्टी कार्यालय तिनकुनेमा बस्ने राजनीतिक समितिको बैठकबाट वार्ता टोली गठन गर्ने तयारी भइरहेको नेसपाका सहअध्यक्ष गंगानारायण श्रेष्ठले जानकारी दिएका छन्।

गत मंसिर ४ को निर्वाचन नेसपाले माओवादी केन्द्रको चिह्नबाटै लडेको थियो । त्यसअघि देखिनै माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपा अध्यक्ष डा. भट्टराईबीच पार्टी एकताबारे छलफल चल्दै आएको छ । शनिबार पनि प्रचण्ड र बाबुरामबीच छलफल भएको थियो । लगत्तै बसेको नेकपा माओवादी केन्द्रको बैठकले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा वार्ता टोली गठन गरेको थियो । दुवै कार्यदल बनेसँगै माओवादी र नेसपाबीचको एकताका लागि छलफल थालिने बताइएको छ।

यसैगरी जसपा र एकीकृत समाजवादी पनि एकताका लागि आन्तरिक छलफललाई तीव्रता दिएका छन्। त्यसका लागि यी दुवै दलले वार्ता टोली बनाएका छन् ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : ०२ बजे

सरकारले माग्यो आर्थिक सहयोग, सार्वजनिक गर्‍यो खाता नम्बर

काठमाडौं – सरकारले रसुवा बाढीपछि राहत र उद्धारका लागि आर्थिक

बाढीपीडितका लागि भारतले पठायो १० टन राहत सामग्री र औषधि

काठमाडौं – भारतले नेपालमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार

पोखरा महानगरले बाढी प्रभावित क्षेत्रमा एम्बुलेन्ससहित सहायता टोली पठाउने

गण्डकी – पोखरा महानगरपालिकाले रसुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रमा

सुदूरपश्चिम सरकारले भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्ने

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश सरकारले भोटेकोशी नदीमा आएको बाढीबाट भएको

रसुवा बाढी : मधेश सरकारका पदाधिकारी–कर्मचारीले एक दिनको तलब दिने

काठमाडौं – रसुवामा भोटेकोसी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको