जिल्ला अस्पताल पाँचथरमा विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार « Khabarhub

जिल्ला अस्पताल पाँचथरमा विशेषज्ञ चिकित्सकसहित सेवा विस्तार


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

मिक्लाजुङ – पूर्वी पहाडी जिल्ला पाँचथरमा रहेको जिल्ला अस्पताल पाँचथरमा अहिले विशेषज्ञ चिकित्सकसहित सेवा थप विस्तार भएपछि सेवाग्राही हर्षित भएका छन्। भवन निर्माण सम्पन्न भएपछि जनशक्ति र औषधि उपकरणको अभाव रहे पनि अस्पतालले विशेषज्ञ चिकित्सकसहित सेवा दिन थालेपछि सेवाग्राहीमा खुसी भएका हुन्।

भर्खरै मात्र ५० शय्याको भवन निर्माण सम्पन्न भएको सो अस्पतालमा अहिले जेनरल सर्जरी डा प्रान्जलचन्द्र पौडेल, हाडजोर्नी तथा नशारोग विशेषज्ञ डा देउमान लिम्बू, एनेस्थेसियोलिष्ट एण्ड क्रिटिकल केयर डा गणेश वनलाई विशेषज्ञ चिकित्सकका रुपमा अस्पतालले नियुक्ति दिएको हो।

अब नयाँ विशेषज्ञ चिकित्सक आएपछि अस्पतालबाट हाडजोर्नी तथा नशारोग ओपिडी सेवा, हाडजोर्नी रोगसम्बन्धी शल्यक्रिया सेवा, जनरल सर्जन ओपिडी सेवा, जनरल सर्जरीसम्बन्धी शल्यक्रिया सेवा र एनेस्थेसिया सेवा उपलब्ध गराउन थालिएको पाँचथर अस्पताल विकास समितिका अध्यक्ष रामराज आङदेम्बेले बताए।

पूर्वी पहाडी जिल्लाका बासिन्दाले राम्रो स्वास्थ्य सेवा पाउन कठिन भइरहेका बेला केही जनशक्ति व्यवस्थापन गरिएको उनले जानकारी दिए। अहिले अस्पतालमा चार विशेषज्ञ चिकित्सक रहेका छन्। जिल्ला अस्पताल व्यवस्थापन समिति आफैँले खर्च व्यहोर्ने गरी हाडजोर्नी तथा नशारोग विशेषज्ञ राखिएको छ। यस्तै छात्रवृत्तिमा रहेका दुई चिकित्सकलाई अस्पतालले थप सुविधा दिएर राखेको छ।

अहिले अस्पतालमा जेनेरल सर्जन, एनेस्थेसियोलिष्ट तथा क्रिटिकल केयर विशेषज्ञ रहेका छन्। अपस्ताल प्रमुख भने एमडीजिप हुन्। पचास शय्याको अस्पतालको भवन भए पनि अझै १५ शय्याकै मात्र दरबन्दी रहेको छ। यस्तै अस्पतालमा रहेको भेन्टिलेटर जनशक्ति नहुँदा सञ्चालन हुनसकेको छैन।

स्रोत र जनशक्ति भएमा आइसीयू , इन्डोस्कोपी, ल्याबकोली , फिजियोथेरापी सेवा सञ्चालन गर्न सकिने अस्पतालले जनाएको छ। अहिले जिल्ला अस्पतालबाट निःशुल्क नवजात शिशुरोग, निःशुल्क प्रसूति, स्वास्थ्य बीमा, सामाजिक सुरक्षा, एकद्धार लैङ्गिक संकट व्यवस्थापन, निःशुल्क सुक्षित गर्भपतनलगायतका सेवाहरू सञ्चालन भइरहेको अस्पतालका हेल्थ असिस्टेन्ट सोमनाथ दङ्गालले सुनाए।

पाँचथर, ताप्लेजुङ, तेह्रथुम आठराई गाउँपालिकाको केन्द्रका रूपमा रहेको पाँचथर अस्पतालबाट यी सेवा नहुँदा यस क्षेत्रका नागरिक तराईका सुविधासम्पन्न अस्पतालमा जान बाध्य थिए।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  १० : १८ बजे

स्वास्थ्य बीमा बोर्डद्वारा सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई २ अर्ब ६ करोडभन्दा बढीको दावी भुक्तानी

काठमाडौं – स्वास्थ्य बीमा बोर्डले देशभरका सेवा प्रदायक स्वास्थ्य संस्थाहरूलाई

लागूऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाडौं– प्रहरीले अवैध लागूऔषधसहित मुलुकका विभिन्न स्थानबाट १६ जनालाई पक्राउ

सुदूरपश्चिमका चार अस्पताललाई शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने सम्झौता

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकार र सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान

गत वर्षसम्मको स्वास्थ्य बीमाको भुक्तानी सम्पन्न

काठमाडौं– स्वास्थ्य बिमा बोर्डले २०८२ चैत मसान्तसम्म सेवा प्रदायक स्वास्थ्य