चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनले निजी क्षेत्रको मनोबल बढ्यो : परिसंघ | Khabarhub Khabarhub

चालु पुँजी कर्जासम्बन्धी मार्गदर्शन संशोधनले निजी क्षेत्रको मनोबल बढ्यो : परिसंघ


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाल उद्योग परिसंघले नेपाल राष्ट्र बैंकले लागू गरेको चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन, ०७९ मा लचकता देखाउँदै संशोधन गर्दा निजी क्षेत्रको मनोबल उकास्न सकारात्मक सञ्चार प्रवाह गरेको जनाएको छ ।

परिसंघले उद्योगी व्यवसायीहरू कष्टपूर्ण अवस्थाबाट गुज्रिरहेको अवस्थामा अर्थतन्त्र जोगाउन पुराना ऋणीको हकमा चालू पुँजी कर्जासम्बन्धी मार्गदर्शन ०७९ दुई वर्ष पर सार्नुपर्ने सुझाव यस संसोधनबाट आंशिक रुपमा सम्बोधन भएको जनाएको छ ।

परिसंघले संशोधित मार्गदर्शनबाट यसअघिको ५० लाखसम्म चालू पुँजी कर्जाको सीमा नलाग्ने रकम बढाएर एक करोडसम्म पुर्याउनुलाई सकारात्मक रुपमा लिएको जनाएको छ । यसले साना तथा मझौला उद्योगी व्यवसायीहरुलाई समेत राहत पुग्ने परिसंघको भनाइ छ ।

पुराना चालू पुँजी कर्जाहरूको हकमा कर्जा सीमाभन्दा बढी कर्जा प्रवाह भएको देखिए असारमसान्त ०८२ सम्ममा कर्जा सीमाभित्र ल्याउने समय उपलब्ध गराउने राष्ट्र बैंकको निर्णय पनि सकारात्मक रहेको परिसंघको भनाइ छ । तर, यस्तो कर्जा अर्धवार्षिक किस्तामा भुक्तानीको अनिर्वाय व्यवस्था गर्नुभन्दा अधिक समय दिइ कर्जा मिलान गर्ने सुविधा उपलब्ध गराउँदा उद्योगी तथा व्यवसायीहरुलाई सहज हुने परिसंघले जनाएको छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ४ : २३ बजे

एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय

माइतीघरमा प्रहरी घेराभित्र प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– संयुक्त संघर्ष समिति नेपालले माइतीघरमा प्रहरीको घेरा भित्र प्रदर्शन

विप्लवको दलको नाम कम्युनिष्ट पार्टी नेपाल

काठमाडौं– नेत्रविक्रम चन्द विप्लवको दलको नाम कम्युनिष्ट पार्टी नेपाल प्रस्ताव

नेपाल लिबरल पार्टी गठनको घोषणा

काठमाडौं– आर्थिक उन्नतिको लक्ष्यसहित डा. गोपिलाल न्यौपानेको सभापतित्वमा नेपाल लिबरल

ट्रम्पद्वारा ‘प्रतिभाशाली’ सीको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आगामी दक्षिण कोरिया भ्रमणका