प्रचण्डलाई विश्वासको मत पाउने विश्वास « Khabarhub

प्रचण्डलाई विश्वासको मत पाउने विश्वास


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : सरकारका न्युनतम साझा कार्यक्रम तय गरेको सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग आन्तरिक छलफल गरेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाउने विश्वास गरेका छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको संयोजकत्वमा सरकारका न्युनतम साझा कार्यक्रम तय गरेपछि प्रचण्डले प्रधानमन्त्रीमा विश्वासको मत पाउने सम्भावना बढेको हो । यसअघि अन्यौल रहेका जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले पनि प्रचण्डलाई विश्वासको मत दिने सम्भावना छ ।

जनमतले पक्कापक्की भएर सरकारमा मन्त्री पठाएपनि नागरिक उन्मुक्ति पार्टी अनिर्णित थियो । तर सरकारका न्युनतम साझा कार्यक्रममा एकसाथ देखिएपछि उसले पनि दिने संकेत देखाएको छ । यद्यपी यसमा नागरिक उन्मुक्ति पार्टीको निर्णय स्पष्ट छैन ।

रेशम चौधरीको रिहाईको माग गर्दै आएको नागरिक उन्मुक्ति पार्टीले माग पूरा नभएसम्म स्पष्ट निर्णय गरेको छैन । प्रचण्डले एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टीदेखि माओवादीसम्मको विश्वास पक्का पाउने भएका छन् ।

प्रचण्डको आग्रह मानेको खण्डमा माधव नेपालको पार्टी नेकपा एकिकृत समाजवादी पार्टीका सांसदले पनि विश्वासको मत दिने सम्भावना छ । त्यो सम्भावना बढेर हिजोआज कांग्रेस सभापति शेरबहादुर देउवागुटसम्म पुग्ने देखिन्छ ।

दुई वर्षपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई छाडेर कांग्रेससँग गठबन्धन गर्दै प्रचण्डले फेरि सरकार चलाउन पाउने सम्भावना छ । त्यसका लागि खुकुलो हुन देउवा अहिले भित्री रुपमा प्रचण्डलाई विश्वासको मत दिन लगाउने देखिन्छ ।

किनकी पाँच वर्षअघि ओलीले धोका दिएका कारण अहिलेको गठबन्धन भत्काउन पनि देउवा प्रचण्डलाई दुई वर्ष फेरि प्रधानमन्त्री बनाउन तयार देखिन्छन् । अहिले एमाले र पछि कांग्रेससँग मिलेर प्रचण्ड समग्रमा चार वर्ष प्रधानमन्त्री बन्ने सम्भावना छ ।

यो सम्भावना जिवित राख्न र प्रचण्डलाई आफूतिर तान्न देउवा यतिबेला विश्वासको मत दिँदा पुनर्विचार गर्ने पक्षमा छन् । जुन कुरा कांग्रेस संस्थापनइतर समूहमा स्पष्ट नभएपनि देउवा गुटले भने केही न केही राजनीतिक निर्णय गर्ने सम्भावना देखिन्छ ।

प्रचण्डले यतिबेला विश्वासको मत पाएको खण्डमा दुई वर्ष ढुक्कले चलाउनेछन् । त्यसपछि ओलीप्रति इमान्दार नबनेर प्रचण्ड कांग्रेसमा ढल्कने सम्भावना पनि छ । सत्ताधारी बन्न एमाले र कांग्रेसको लडाईबाट फाइदा लिएर प्रचण्ड फेरि एकपटक नेपालको सत्तामा आफू हावी हुने सम्भावना छ ।

क्षणभरमै कांग्रेसलाई धोका दिएर एमालेको बलमा प्रधानमन्त्री बनेका प्रचण्ड भोलिका दिनमा फेरि त्यसरी नै एमालेलाई धोका दिएर कांग्रेसको बलमा प्रधानमन्त्री बन्न सक्छन् । किनकी यतिबेला प्रचण्ड ओलीप्रति विगतको रिस फेर्न इच्छुक देखिन्छन् ।

त्यसैले पनि सहजै विश्वासको मत पाउने सम्भावना भएका प्रचण्डले दुई वर्ष मात्रै होइन, आगामी चार वर्ष नेपाल सरकारको नेतृत्व गर्ने सम्भावना धेरै छ । तर त्यसका लागि विश्वासको मत पाउँदा र पाइसकेपछि आगामी दिनमा प्रचण्ड नेतृत्वको सरकार कसरी अगाडि बढ्छ भन्ने कुराले धेरै अर्थ राख्छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ६ : ५३ बजे

कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केट पुनः सञ्चालनमा (तस्बिरहरू)

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका

वडास्तरमै आधारभूत स्वास्थ्य सेवा केन्द्र भए पनि अस्पताल जानेको सङ्ख्या घटेन

रूपन्देही– नेपालको संविधान २०७२ ले स्वास्थ्य सेवालाई मौलिक हकअन्तर्गत समावेश

ट्रकको ठक्करबाट एक युवकको मृत्यु

चितवन– चितवनको भरतपुर महानगरपालिका–१६ छाहारी चोक नजिक मिनी ट्रक र

पहाडी जिल्लाका उम्मेदवारहरू मतदाता फकाउन तराईका जिल्लामा

लुम्बिनी– आसन्न फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य निर्वाचनको चहलपहल बढ्दै

आईसीसी टी–२० विश्वकप सुरु, नेदरल्याण्ड्सविरुद्ध पाकिस्तान फिल्डिङमा

काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटको १०औँ संस्करण आजदेखि सुरु