कक्षामा प्रथम भएको रिसमा आफ्नै साथीको अपहरण, चार जना पक्राउ | Khabarhub Khabarhub

कक्षामा प्रथम भएको रिसमा आफ्नै साथीको अपहरण, चार जना पक्राउ


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्सामा आफ्नै साथीलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जना बालकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने १६ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा उनकै साथीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।

आफ्नो घरको आँगनमै रहेका १६ वर्षका बालकलाई सँगै पढ्ने अरू चार जनाले कम्बलले छोपी मुखमा कपडा कोचेर केही पर लगी दुवै हातखुट्टा समेत बाँधेको अवस्थामा भेटेर उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

अपहरणमा परेका बालक कक्षामा सधैँ प्रथम हुने गरेकाले उनको निकटतम प्रतिस्पर्धी विद्यार्थीले रिसका कारण अपहरण गरी बन्धक बनाएको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बालकलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमतिसमेत दिएको छ । उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : १० बजे

उद्योगमन्त्री भण्डारीसँग चिनियाँ लगानीकर्ताको भेट

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँ लगानीकर्ताले आज भेट

संसद्‍मा अवरोध : कांग्रेसको कदमले उब्जिएका ३ प्रश्न

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस सहकारी प्रकरणमा गृहमन्त्री रवि

किसानलाई अनुदानमा मौरीको घार र हाते ट्याक्टर

दोलखा– बैतेश्वर गाउँपालिका-८ क्षेत्रपाका किसानलाई अनुदानमा मौरीको घार तथा खेतबारी जोत्ने

भारतको जयपुरका विद्यालयमा बम पड्काउने धम्की

नयाँ दिल्ली– पश्चिमी भारतको जयपुर सहरमा कम्तीमा चार विद्यालयमा सोमबार

सुदूरपश्चिमका तीन पालिकामा फोहर प्रशोधन केन्द्र बन्दै

महेन्द्रनगर– सुदूरपश्चिमका दुई जिल्लाका तीन पालिकामा फोहर व्यवस्थापनका लागि प्रशोधन