कक्षामा प्रथम भएको रिसमा आफ्नै साथीको अपहरण, चार जना पक्राउ « Khabarhub

कक्षामा प्रथम भएको रिसमा आफ्नै साथीको अपहरण, चार जना पक्राउ


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पर्सामा आफ्नै साथीलाई अपहरण गरेको आरोपमा प्रहरीले चार जना बालकलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर १६ बस्ने १६ वर्षीय बालकलाई अपहरण गरेको आरोपमा उनकै साथीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको हो ।

आफ्नो घरको आँगनमै रहेका १६ वर्षका बालकलाई सँगै पढ्ने अरू चार जनाले कम्बलले छोपी मुखमा कपडा कोचेर केही पर लगी दुवै हातखुट्टा समेत बाँधेको अवस्थामा भेटेर उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

अपहरणमा परेका बालक कक्षामा सधैँ प्रथम हुने गरेकाले उनको निकटतम प्रतिस्पर्धी विद्यार्थीले रिसका कारण अपहरण गरी बन्धक बनाएको पाइएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका बालकलाई ६ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमतिसमेत दिएको छ । उनीहरूलाई महिला तथा बालबालिका सेलमा राखेर अनुसन्धान थालिएको प्रहरीको भनाइ छ ।

 

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ८ : १० बजे

पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित

मुस्ताङ – पोखरा–जोमसोम नियमित हवाई सेवा स्थगित भएको छ ।

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको