चीनद्वारा पाकिस्तानको सिन्धमा कार्यरत चिनियाँ कामदारको सुरक्षाप्रति चिन्ता व्यक्त « Khabarhub

चीनद्वारा पाकिस्तानको सिन्धमा कार्यरत चिनियाँ कामदारको सुरक्षाप्रति चिन्ता व्यक्त


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– चीनले पाकिस्तानको सिन्ध प्रान्तको सरकारसमक्ष आफ्ना कामदारको सुरक्षाप्रति चिन्ता व्यक्त गरेको छ । यस प्रान्तमा कार्यरत आफ्ना कामदारलाई अज्ञात सशस्त्र समूहले धम्की दिने गरेको भन्दै चीनले सिन्ध सरकारसमक्ष सुरक्षाको माग गरेको पाकिस्तानबाट प्रकाशित हुने इन्तखाब दैनिकले उल्लेख गरेको छ ।

सिन्ध प्रान्तको मालिरमा प्रसारण लाइनको ग्रिड स्टेशन मर्मतका क्रममा रहेका आफ्ना कामदारलाई धम्की आएको उक्त कार्यको जिम्मा पाएको चिनियाँ कम्पनीले उल्लेख गरेको छ ।

उक्त कम्पनीले आफ्ना कामदारसँग सशस्त्र समूहले मोटो रकम माग गरेको र नदिए नराम्रो परिणाम भोग्नुपर्ने धम्कीसमेत दिएको जनाएको छ ।

पाकिस्तानको सिन्ध प्रान्तमा बेवास्ता, अनियमितता, भ्रष्टाचारजस्ता कारणले सुरक्षा व्यवस्थामा चुनौति रहेको बताइन्छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : १० बजे

गरिमा हत्या प्रकरणमा गगनको प्रश्न : सरकारले परिवारको पीडा महसुस गरेको छ ?

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगन थापाले बाराको जितपुरसिमरा–१ की

देशभर करिब ९८ प्रतिशत धान रोपाइँ सकियाे, सबैभन्दा बढी सुदूरपश्चिममा

काठमाडौँ । कृषि विभागले देशभर करिब ९८ प्रतिशत धान रोपाइँ

गुल्मीमा बाँदर धपाउने क्रममा लडेर महिलाको मृत्यु

गुल्मी । बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एक महिलाको मृत्यु

विश्वकपमा अनुशासन उल्लंघनको घटना : अर्जेन्टिनाका खेलाडी, अफिसियल तथा फुटबल संघलाई लाखौँ डलर जरिबाना

काठमाडौं । गत महिना सम्पन्न फिफा विश्वकपका दौरान देखिएको विवादास्पद

नेपाल-भारत सीमा क्षेत्रमा आधुनिक उपकरणमार्फत निगरानी बढाउने सहमति

काठमाडौं । नेपाल–भारत सीमा क्षेत्रका संवेदनशील स्थानहरूमा सीसीटीभीलगायत आधुनिक उपकरणको