भारतको जम्मु कश्मीरका किसान माछापालनतर्फ आकर्षित « Khabarhub

भारतको जम्मु कश्मीरका किसान माछापालनतर्फ आकर्षित


२४ पुस २०७९, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- भारतको जम्मु कश्मीरका किसानहरु माछापालनतर्फ आकर्षित हुन थालेका छन् । भारतको केन्द्र सरकारले अघि सारेको राष्ट्रिय किसान विकास योजनाबाट प्रकावित भएर जम्मु कश्मीरका किसानहरु माछापालनतर्फ आकर्षित भएका हुन् ।

यसका लागि जम्मु कश्मीरमा मत्स्य विभागले पनि किसानहरुलाई माछापालनका लागि प्रोत्साहन गरेको भारतीय समाचार संस्था एएनआईले जनाएको छ । यसबाट शिक्षा पाएर पनि अवसरबाट बञ्चित भएका युवाहरु लाभान्वित भएको एएनआईले उल्लेख गरेको छ ।

पानीको दिगो स्रोत र जमिनको सानो टुक्रामा थोरै लगानीबाट पनि मनग्य आम्दानी हुने भएकाले किसानहरु यसतर्फ आकर्षित भएका हुन् ।

यस्तै, जम्मु कश्मीरको सरकारले पनि किसानहरुलाई माछापालनका लागि आधुनिक प्रविधि, तालिम र अन्य सहयोग गर्दै आएको छ । कश्मीरको ट्राउट माछा विश्वमै लोकप्रिय पनि मानिन्छ ।

प्रकाशित मिति : २४ पुस २०७९, आइतबार  ९ : ४६ बजे

सडक भासिँदा पृथ्वी राजमार्गमा सवारी आवागमन प्रभावित (तस्बिर)

चितवन– लगातारको वर्षाका कारण पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना गाउँपालिकाका विभिन्न

काङ्ग्रेसले आज देशभरका अधिकांश निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन गर्दै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत अधिकांश जिल्लाका सङ्घीय निर्वाचन क्षेत्र

सगरमाथादेखि समुद्रसम्मको जलवायु जोखिम सम्बोधन गर्न सामूहिक प्रयास आवश्यक : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ– नेपालले हिमालदेखि समुद्रसम्म जोडिएको जलवायु जोखिमलाई एकीकृत रूपमा सम्बोधन

भोटेकोशी बाढीले पुल बगाएपछि रसुवा, नुवाकोट र धादिङको आवतजावत अस्तव्यस्त (तस्बिर)

काठमाडौँ– गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको भीषण बाढीले

कोशी ब्यारेजमा पानीको बहाव बढ्यो, ४३ ढोका खोलियो

विराटनगर– सप्तकोशी नदीमा पानीको बहाव बढेपछि कोशी ब्यारेजका ५६ मध्ये