जैविक मल तथा जैविक विषादी उत्पादन उद्योग अलपत्र « Khabarhub

जैविक मल तथा जैविक विषादी उत्पादन उद्योग अलपत्र


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – जाजरकोट भेरी नगरपालिका–१३ कुदुमा निर्माण भएको जैविक मल तथा जैविक विषादी उत्पादन उद्योग अलपत्र परेको छ।  प्रदेश सरकारको रु ५० लाख र कर्णाली बायो इनर्जी एण्ड आर्गानिक फर्टिलाइजर प्रालिले ५० लाख रकमसहित निर्माण थालिएको जैविक मल तथा जैविक विषादी उत्पादन उद्योग अलपत्र परेको हो।

आर्थिक वर्ष २०७७/७८ को कर्णाली प्रदेशको बजेटबाट उक्त संरचना निर्माण भए पनि त्यहाँ जैविक मल तथा जैविक बिसादी उत्पादन गर्न भैँसी पालन गर्नुपर्ने भए पनि अहिले सम्मा सो काम हुन सकेको छैन। भेरी करिडोरका साथै मध्यपहाडी लोक मार्गको बीचमा रहेको उक्त ठाउँमा कर्णाली प्रदेश सरकारबाट अनुदान ल्याएर संरचना निर्माण गरेर अहिले अलपत्र अवस्थामा रहेको छ।

भौतिक संरचना भित्र भैँसी पालन गरेर जैविक मल उत्पादन गर्ने लक्ष्यबीचमै तुहिएको छ। प्रदेश सरकारले भेरी नगरपालिकामार्फत् उपलब्ध गराएको  ५० लाख रुपैयाँमा काम कम गरेको भन्दै नगरपालिकाले ४२ लाख रुपैयाँ मात्र भुक्तानी दिएको छ। बाँकी प्रालिले आफैँले व्यवस्थापन गरेर भैँसी पालन गरी जैविक मल तथा विषादी उत्पादन गर्नुपर्ने लक्ष्य भए पनि अनुदानको रकम मात्र प्रयोग गरेर बाँकी लगानी नै नगरी बीचमै छाडेको देखिन्छ। लाखौँ रकम राज्यको अनुदानको नाममा ल्याएर तोकिएको काम सम्पन्न नगरी बीचमै छोड्दा आर्थिक हानी हुनुका साथै उद्देश्य समेत पुरा नहुँदा समस्या हुने गरेको छ।

अनुदानका लागि मात्र विभिन्न कम्पनी खोल्ने कामले श्रमजिवी कृषकहरु मारमा परेका छन्। पहुँचको भरमा ल्याइएका यस्ता खालका अनुदानको अनुगमन तथा निरीक्षण गर्ने निकाय समेत मौन बस्नुले रकम झ्याम पार्ने परिपाटी मौलाएको कृषकहरुको भनाइ छ। संरचनाभित्र हप्ता दिनसम्म मात्र भैँसी राखेर रकम भुक्तानी गरेको प्रालिका नजिकै घर भएका स्थानीयवासीहरू बताउँछन्।

अहिले सो संरचनाभित्र केही पनि नभएको अवस्था छ। यता भेरी नगरपालिकाका नगरप्रमुख चन्द्रप्रकाश घर्तीले अनुदान लिने तर काम नगर्ने परिपाटी मौलाउँदै गएको बताए। ‘सधैँ निगरानी गर्न सकिँदैन, हामीले जिम्मा लगाएपछि किसानले आफैँले सक्रिय भएर कम गर्ने हो,’ उनले भने। उता कम्पनीका मानबहादुर रोकायले साथीहरुले धोका दिएका कारण कुदुमा काम गर्न नसकिएका बताए।

अहिले सुर्खेत स्थित वीरेन्द्रनगर नगरपालिका–३ तातोपानीमा शाखा सञ्चालन गरेर काम गरिरहेको उनको दाबी छ। जाजरकोटको कुदुमा काम गर्न सकिएन भन्दै स्वीकार गरे।

 

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  १२ : २६ बजे

भारतीय दूतावासमा चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर प्रदर्शन

काठमाडौं– प्रदर्शनका क्रममा रहेको चलचित्र ‘पेन्सन पट्टा’ को ट्रेलर काठमाडौँस्थित

भक्तपुर पर्यटनको ३२ वर्ष : ५२ लाखभन्दा बढी पर्यटक घुमे

भक्तपुर– भक्तपुरको पर्यटनको इतिहास ३२ वर्ष नाघेको छ । भक्तपुर

११ दिनपछि उद्धार गरिएका आफ्ना नागरिकसँग चिनियाँ दूतावासको टोलीको भेट

काठमाडौं- माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको सुरुङबाट उद्धार गरिएका चिनियाँ नागरिकसँग

वीरेखोला बाढी : २३ परिवार विस्थापित, धानखेत बगरमा परिणत

 बाजुरा– यहाँको वीरेखोला झरनामा भीषण बाढी आउँदा झण्डै दुई दर्जन

निजी क्षेत्रको लगानीमार्फत सुदूरपश्चिमलाई समृद्ध बनाउनुपर्छ : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टले प्रदेश सरकारको स्पष्ट नीति