काठमाडौंको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

काठमाडौंको तिनकुनेमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- काठमाडौंको तिनकुनेमा भएको मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

काठमाडौंको तिनकुने मुनिभैरवमा बुधबार बिहान मोटरसाइकल र कुखुरा बोक्ने जिप एक आपसमा ठोक्किँदा मोटरसाइकल चालक भक्तपुरको सुर्यविनायक नगरपालिकाका–२३ वर्षीय नोजन राईको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा मृत्यु भएको हो । मोटरसाइकलमा पछाडि सवार सूर्यविनायक नगरपालिका २ बालकोटका २३ वर्षकै चन्द्र सिलवालको सोही अस्पतालमा उपचार भइरहेको छ ।

बा ४९ प ५७७५ नम्बरको मोटरसाइकल र प्रदेश २–०३–००१ च ३९९८ नम्बरको जिप एक आपसमा ठोक्किएका थिए । दुवै सवारी साधन र जिप चालकलाई प्रहरी वृत्त बानेश्वरले नियन्त्रणमा लिएको ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  २ : १८ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्