केराखेतीमा जमेका ‘पूर्ण’ « Khabarhub

केराखेतीमा जमेका ‘पूर्ण’


२५ माघ २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर- कञ्चनपुरको भीमदत्त नगरपालिका–१० तिल्केनीका पूर्णसिंह साउदले विगत अढाई दशकदेखि केराखेती गरिरहेका छन् । करिब बीस बिघा जमिनमा व्यावसायिक रूपमा केराखेती गरिरहेका साउदको वार्षिक ९० लाख रुपैयाँ बराबरको कारोबार रहेको छ।

आफूसित भएको अढाई बिघा खेतसँगै बाँकी तीन/चार ठाउँमा जमिन भाडामा लिएर केरा खेती गरिरहेका साउदले केराबाट वार्षिक  पाँचदेखि सात लाख रुपैयाँ बचत गरिरहेको बताए । ‘सबै खर्च कटाएर पाँच/सात लाख रुपैयाँ बचत हुन्छ’, उनले भने, ‘कमाईको रकमले छोराछोरी पढाउनेदेखि सम्पत्ति जोड्ने काम भयो ।’

उनले तिल्केनी क्षेत्रका करिब डेढ सय किसान केराखेतीमा संलग्न रहेको बताए । प्रतिबिघा ५० हजार रुपैयाँ भाडा तिर्दै आएका साउदले केराखेतीबाटै जीविका चलेको बताए । पछिल्लो समय कृषि ज्ञान केन्द्र र गाउँमा रहेको खप्तड कृषि सहकारी संस्थाको सहयोगमा केरा चिस्यान घर निर्माण भइसकेको छ । ‘कृषिबाट रु ४९ लाख र बाँकी सहकारीबाट लगानी गरेर चिस्यान घर निर्माण गरेका छौँ’, सहकारीका अध्यक्षसमेत रहेका साउदले भने, ‘केराखेतीबाट धेरै स्थानीयवासीलाई ज्याला मजदुरीको काम मिलेको छ ।’

विसं २०५४ देखि केराखेती गरिरहेका साउदले सहकारीमार्फत भीमदत्त नगरपालिका–९, १० र ३ मा केरा खेती र बाख्रा पालन लगायतका आयमूलक व्यवसाय सञ्चालन गरिरहेको बताए । ‘भारतीय केरा आयात हुँदा स्थानीय उत्पादन खपतमा समस्या भयो’, उनले भने, ‘स्थानीय उत्पादनलाई बजारको समस्या हल गर्न सरोकारवाला निकायले पनि पहल गरिदिनुपर्छ ।’

उनले केरा व्यवसायमा नौ जनालाई रोजगारीसमेत दिएको बताए । दुई वर्षअघि मुख्यमन्त्री नमूना कृषि गाउँ कार्यक्रमअन्तर्गत पनि किसानलाई धेरै सहुलियत मिलेको बताए । ‘मुख्यमन्त्री नमूना कृषि कार्यक्रमले यहाँ थोपा सिँचाइ, ढुवानीका लागि सवारी साधन खरिद, केराका बिरुवा तथा सिँचाइ कार्यक्रममा सहयोग भयो’, उनले भने, ‘यहाँ छुट्टै समिति बनाएर यो कार्यक्रम यहाँका चार वडामा लागू भएको थियो ।’

उनले उत्पादित केरा सुदूरपश्चिमका नौ वटै जिल्लाका साथै अन्य क्षेत्रमा समेत व्यापारीमार्फत निर्यात हुने गरेको जानकारी दिए । त्यसैगरी कृष्णपुर नगरपालिका–५ का अर्जुन जेठाराले ११ बिघा जमिनमा केराखेती गरिरहेका छन् । विसं २०६४ देखि केराखेतीमा सक्रिय जेठाराले केराबाट वार्षिक १० लाख रुपैयाँ मुनाफा हुने गरेको बताए ।

‘दुई वर्षयता सुदूरपश्चिममा केराको उत्पादन धेरै हुँदा बजारको समस्या हुने अवस्था छ’, उनले भने, ‘यहाँ उत्पादित केरा खपतका लागि बजार सानो भयो ।’कृष्णपुरमा ३० बिघा जमिनमा विगतमा केराखेती गरेका जेठाराले जमिन राम्रो नपर्दा घटाएको बताए । ‘केराखेती फेरि बढाउने योजना अनुसार जमिन भाडामा खोजिरहेको छु’, उनले भने, ‘अहिले १० बिघाप्रति बिघा ५५ हजार रुपैयाँका दरले भाडामा लिएर खेती गरेको छु।’ कृषि ज्ञान केन्द्रबाट केराखेतीका बेला बीउ बिजनलगायत सामान्य अनुदान पाएको उनको भनाइ छ ।

प्रकाशित मिति : २५ माघ २०७९, बुधबार  ५ : ०३ बजे

परराष्ट्रमन्त्रीको तर्क : नेपाल-भारत सीमा विवाद अन्त्यका लागि ’बोर्डर वर्किङ कमिटी’ को बैठक आयोजना गरिसक्यौँ

कठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–भारत सीमा विवाद अन्त्यका लागि कूटनीतिक

अर्थमन्त्रीको जवाफ- शासकीय सुधारका अधिकांश विषयमा सफलता हासिल गर्‍यौँ

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्लेले वर्तमान सरकार गठन भएलगत्तै सार्वजनिक

राष्ट्रियसभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘विनियोजन विधेयक–२०८३’ लाई

एकता नभए वैकल्पिक शक्ति बनाउनुपर्ने कांग्रेस संस्थापन इतरको धारणा

काठमाडौं– नेपाली कांग्रेस संस्थापन इतर समूहका नेताहरूले पार्टीभित्र एकता हुन

उत्साह दिने हिसाबले मौद्रिक नीति आएको छ : अनलराज भट्टराई

काठमाडौं– यसपटक मौद्रिक नीति सार्वजनिक गर्दा राष्ट्र बैंकले एकैपटक तीनवटा