विकासको बाधक 'संसदीय व्यवस्था' | Khabarhub Khabarhub

विकासको बाधक ‘संसदीय व्यवस्था’

गलत अभ्यासविरुद्ध हामी लड्नुपर्छ


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 3 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

सत्ताका लागि दलीय दलीय समीकरण फेरबदल भइरहेका छन्। प्रधानमन्त्रीका निम्ति एक खालको समीकरण बनेको थियो। राष्ट्रपतिको निर्वाचनको निमित्त अर्को खालको समीकरण बनिसकेको छ। निर्वाचन पछाडि एकै खालको समीकरण बन्छ भन्ने खालका आशंका भइरहेका छन्। राष्ट्र र जनताको समस्या सम्बोधन गर्नका निमित्त काम गर्नुपर्ने राजनीतिक दलहरू सम्पूर्ण आफ्नो क्षमता र ऊर्जाहरू मात्र पदका निमित्त खर्च गरिरहेको अवस्था छ। यही सत्ताको खेलकै बीचमा १६ वर्षदेखि थाती रहेका सङ्क्रमणकालीन मुद्दाहरू बहसमा आएका छन्। माओवादीका नेताहरू यसको विरोधमा उत्रिएका छन्। न्यायको पर्खाइमा रहेका हजारौं व्यक्ति र द्वन्द्वपीडित परिवारहरूले न्याय कहिले पाउँछन् ? राष्ट्रिय राजनीतिक समग्र राष्ट्र र जनता केन्द्रित कहिले हुन्छ ? सर्वोच्चले पूर्व माओवादीले एक हुने बाटो खोलिदिएको हो ? यी र यस्तै विषयमा आधारित रहेर नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश :

जनतालाई मन नपर्ने राजनीति किन भइरहेको छ ? तपाईंलाई के लाग्छ ?
वास्तवमा नेतृत्वले निकास दिन नसकेको जस्तो भएको छ। नेतृत्वबिहीन र निकासबिहीन अवस्थामा राजनीति गएको हो कि भन्ने मलाई लाग्छ। सरकारको पहिचान नै नभएको जस्तो अवस्था छ। देशको हालत हामीले नराम्रो रूपमा तथा नकारात्मक रूपमा बेहोरेको मात्र हो। यहाँ नेतृत्व स्वार्थ, कुर्सी, पदमा मात्र गएको अवस्था छ। यहाँ नेतृत्वको खाँचो देखिएको छ।

पूर्वमाओवादी नेताहरू एक ठाउँमा जुट्नु भएको छ। यो जनताको आवश्यकता त होइन होला ?
नेपालमा पुरानो खालको सामन्तवादी राजनीतिक सम्बन्ध हामीले तोडेको हो। नेपालको सिङ्गो अर्थतन्त्र सामन्तवाद चपेटामा परेको थियो। राजनीतिमा उनीहरुको नै हाली मुहालीमा चलेको थियो। त्यो चाहिँ जनयुद्धले तोडेको हो। जनयुद्धको समयमा जनताले देखेको सपना पूरा हुन सकेन। जुन स्केलमा जनताले सपना देखेका थिए त्यही रुपमा परिवर्तन भएन। त्यसका लागि बाधक भयो संसदीय व्यवस्था। सत्ता जनताको हातमा नआएर देश यो अवस्थामा पुगेको हो। जसले जनतालाई कठपुतली जस्तो नचाई रहेको छ। त्यसमा जुन पार्टी पनि पर्न सक्छ। नीति र कार्यक्रमहरू बनाउन सक्नु पर्ने हुन्छ त्यो भएको छैन।

राजनीतिको आवरणमा भएका अपराधलाई त निरूपण गर्नुपर्छ कि होइन ?

त्यही क्रान्तिले नेपालमा गणतन्त्र आयो। युद्ध अगाडिको समाजलाई अहिले कसैले सम्झिन सक्दैन। एउटा दलित, एउटा श्रमिकले, हजारौं वर्षदेखि आफू माथिको उत्पीडनको अन्त्य भएको महसुस गरेको थियो। त्यो विद्रोह जायज थियो थिएन त्यो पनि हेर्नु पर्छ। सम्पूर्ण पक्षलाई समग्रमा हेर्न सक्नुपर्छ। जनताको परिवर्तन, जनताको विकासलाई नहेर्नु गलत हुन्छ।

हाम्रो देश कुन बाटोमा अगाडि गइरहेको छ ?
यो नेपाली जनताको व्यवस्था होइन। जनतालाई लुटेर खाने खेल चलिरहेको छ। नेपालका सारा ६० लाख जनतालाई विदेश धपाएर यहाँ को बस्ने हो ? यहाँ त सत्तामा बसेर लुटपाट गर्ने काम मात्र भएको देखिन्छ। आफै न्यायाधीश, आफै चोर बस्ने देश बन्न थाल्यो। ज्ञान हन्डर र ठक्करबाट पनि आउँछ। ज्ञान आउनु भनेको विगतका गल्तीबाट पाठ सिक्नु हो। अबको नेतृत्व देशलाई निकास र मुक्त हुने गरी अगाडि बढ्नु पर्छ।

राष्ट्र र जनताको निमित्त तपाईंहरु एउटा ठाउँमा बस्ने परिस्थिति कहिले आउँछ ?
यो देशमा जनताको पक्षमा लडेर जेल खाने भनेका हाम्रा नेता र कार्यकर्ता मात्र हुन्। लघुवित्त र मिटर ब्याजको विरुद्धमा लडेर जेल पर्ने हाम्रो पार्टीका कार्यकता हुन्। यस्ता विषय मिडियाले उठाएको खोई ? यहाँ हरेक दिन आफूले आफैंलाई आगो लगाएर विद्रोह भइराखेको छन्। तर सत्तामा बस्ने व्यक्तिले यो आवाज सुनेको देखिँदैन।

देशको विकास हुन्छ भन्ने जनताको अपेक्षा कहिले पूरा होला ?
हामीले समस्या व्यवस्थामा नै देखेका छौं। यो संरचनामा मन्त्री, सांसद फेरबदल गरेर मात्र हुँदैन। देशको संरचनामै परिवर्तन आवश्यक छ। सबैभन्दा पहिला अर्थतन्त्र सुधार गर्नुपर्छ।
नेपालमा पैसा नभएको होइन। तर पैसा नेताले मात्र कुम्ल्याएका छन्। यसले वास्तविक नागरिकको अपेक्षा पूरा हुन सकेको छैन।

पात्र फेरिने तर कार्यशैली नफेरिने कारण के हो त ?
यसको समाधान भनेको वैज्ञानिक समाजवाद हो। यो व्यवस्थामा थोरै मान्छेको हातमा पैसा नियन्त्रित हुन्छ। उनीहरूले कब्जा गरेर अन्य सबै मानिसको जीवनमाथि मोज गर्छन्। त्यसको अन्त्य गर्नु भनेको वैज्ञानिक समाजवाद हो। लिडरसिप पनि असल हुनुपर्छ। ६ प्रतिशतबाट सुरु भएको ब्याजदर अहिले १२–१५ हुँदै १८ पुगिसक्यो र मिटर ब्याजको कुरा नगारौँ। ३६ प्रतिशतसम्म रहेको छ। ३२–३३ लाख मानिस लघुवित्तबाट प्रभावित छन्। कुल सङ्ख्या हेर्दा ६० लाख भन्दा बढी हुन्छ। मिटर ब्याजको समस्या त्यस्तै छ। सत्तामा बसेकाहरु मिलेर भित्रभित्रै लुटपाट मच्चाइरहेका छन्। जनता तावाबाट भुङरोमा भुङरोबाट तावामा परेको देखिन्छ। जनताका लागि वास्तवमै यो देश जेल जस्तो भएको छ।

तपाईं पनि प्रधानमन्त्रीसँगसँगै बस्नु भएको देखिन्छ। यसलाई राजनीतिक सम्बन्ध मात्र मान्ने कि देशको समस्याको समाधान गर्ने विषय मान्ने ?
सहिदको नाममा वारेन्ट भइराखेको छ। प्रधानमन्त्री भन्नुहुन्छ, ‘थाहा नै छैन।’ अन्याय भयो भने लड्नु पनि पर्छ। त्यसको समाधानतर्फ जानु पनि पर्छ। देश कता छ त्यो कुनै नेताले सोचेको छैन। यो गलत अभ्यास भइराखेको छ। यो विषयमा हामीले एक भएर लड्नुपर्छ भनेका छौं। सङ्घर्ष गर्नुपर्छ नयाँ राज्य बनाउने सपना देख्न छोड्नु हुँदैन। आशा छ नेपाललाई चाँडै समाजवाद तिर लान सकियोस्। भोलिको अत्याचारले आजको लथालिङ्ग विभेदलाई सहन सकिँदैन। गलत चिजको विरुद्धमा संघर्ष गर्दै नयाँ चिज जन्माउन तिर जानुपर्छ। (एभिन्युजसँगको सहकार्यमा तयार अन्तवार्ता)
प्रस्तुतिः कुसुम गौतम

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ९ : ३२ बजे

बागमतीमा भागबण्डा मिलाउन फुटाइयो मन्त्रालय

काठमाडौं– बागमती प्रदेश सरकारले सामाजिक विकास मन्त्रालय विभाजन गरेकाे छ

धुञ्चे–गोसाइँकुण्ड केबलकार निर्माणमा सहयोग गर्ने मन्त्री जोशीको प्रतिबद्धता

काठमाडौं – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले धुञ्चे–गोसाइँकुण्ड

खेलाडीबाट अनुशासन सिक्नुपर्छः धनराज गुरुङ

कास्की – नेपाली कांग्रेसका उपसभापति एवम् प्रतिनिधिसभा सदस्य धनराज गुरुङले

मकालु आरोहण गर्ने क्रममा फ्रान्सेली नागरिकको मृत्यु

सङ्खुवासभा – मकालु हिमाल आरोहण गर्ने क्रममा एक फ्रान्सेली नागरिकको

अफगानिस्तानद्वारा १० अर्ब डलरको व्यापार

काबुल – फारसी क्यालेन्डर वर्ष १४०२ देखि मार्च १९ सम्मको