आगलागीमा परेर ६ महिने शिशुको मृत्यु « Khabarhub

आगलागीमा परेर ६ महिने शिशुको मृत्यु


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

रौतहट – रौतहटमा आगोमा परेर ६ महिने शिशुको मृत्यु भएको छ।

मंगलबार साँझ राजदेवी नगरपालिका ४ वसन्तपुर गडहियाका भिखर राउतको घरमा भएको आगलागीमा परेर ६ महिने बालिकाको मृत्यु भएको हो।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अचानक भएको आगलागीमा परेर सो घरमा सुतिरहेकी भिखर राउतको ६ महिनाकी छोरी सिल्फी राउतको जलेर मृत्यु  हो। राउतको घरबाट छानाबाट सल्किएको आगोले छिमेकी रामकिसुन साह र सुजय साहको घर पनि जलेर नष्ट भएको छ।

आगलागीबाट राउतको घर तथा अन्न लत्ताकपडा गरी १ लाख तथा छिमेकीहरूको ५०–५० हजार रुपैयाँ बराबरको धनमाल क्षति भएको प्रहरीले जनाएको छ। आगलागीको कारण खुल्न सकेको छैन। सो घटना लगतै गौर नगरपालिकाबाट गएको वारुण यन्त्र, गाउँले तथा प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  १० : ३७ बजे

रसुवा विपद्: श्रीमान्‌को खोजीमा १३ दिनदेखि कार्यालय धाउँदै पूजा

जनकपुरधाम – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका इन्जिनियर

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग

जेनजी आन्दोलनको एक वर्ष : सरकारलाई ‘सही ट्रयाकमा फर्किन’ चेतावनी

काठमाडौँ – जेनजी मुभमेन्ट नेपालले जेनजी आन्दोलनको एक वर्ष पूरा

सामाजिक सञ्जालमा अफवाह र घृणास्पद सामग्री फैलाउनेविरुद्ध प्रहरी आक्रामक

काठमाडौँ – सामाजिक सञ्जालमार्फत गलत सूचना, भ्रामक प्रचार र जातीय

एसिसी प्रिमियर कप : समूह चरणको अन्तिम खेलमा हङकङविरुद्ध सुरुमा बलिङ गर्दै नेपाल

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कपको अन्तिम खेलमा