‘राष्ट्रपतिको निर्वाचनपछि स्थितरतातर्फको नयाँ कोर्स सुरु हुन्छ’ « Khabarhub

‘राष्ट्रपतिको निर्वाचनपछि स्थितरतातर्फको नयाँ कोर्स सुरु हुन्छ’


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

खोटाङ– नेकपा (एकीकृत समाजवादी) का नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिको निर्वाचनपछि नेपाली राजनीतिमा अस्थिरताबाट स्थितरतातर्फको नयाँ कोर्स सुरु हुने बताएकी छन् ।

खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले बुधबार हलेसीमा आयोजना गरेको १३३ औं अन्तर्राष्ट्रिय महिला दिवसलाई सम्बोधन गर्दै नेतृ झाँक्रीले नयाँ राष्ट्रप्रमुखलाई स्वागत गर्दैगर्दा राजनीतिमा स्थायीत्व प्राप्त हुने बताएकी हुन् ।

झाँक्रीले दुई वा दुईभन्दा धेरै दलहरू मिलेर सरकार बनाउने सन्दर्भमा गरिएका कतिपय अभ्यास नैतिकताको कसीमा ठीक नभएको बताएकी छन् । झाँक्रीले कतिपय अवस्थामा वाध्यात्मक भए पनि सत्ताका लागि ‘जहाँ जे पायक पर्छ, त्यही गरिरहने’ प्रवृत्ति राम्रो नहुने उल्लेख गरिन् । उनले उच्च नैतिकता र संस्कार राजनीतिले माथिबाटै ‘फलो’ हुनुपर्नेमा जोड दिएकी छन् ।

कार्यक्रमलाई कांग्रेस नेतृ लक्ष्मी खतिवडा, प्रेरक वक्ता सुमी मानव, कार्यक्रमलाई कांग्रेस नेतृ लक्ष्मी खतिवडा, प्रेरक वक्ता सुमी मानव, मेयर विमला राई, उपमेयर रमेश राउतले सम्बोधन गरेका थिए । 

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ७ : ०० बजे

भारतबाट उखुका चार उन्नत जात भित्र्याइयो

काठमाडौं– नेपालको उखु अनुसन्धान तथा विकासलाई सुदृढ बनाउन भारत सरकारले

सांसद खगेन्द्र सुनारले एक महिलालाई मार्ने र बलात्कार गर्ने भन्दै धम्की दिएको अडियो सार्वजनिक

काठमाडौँ – प्रतिनिधिसभा बैठक र संसदीय समितिमा चर्को बोलेर चर्चामा

४२ वर्षे सैनिक अनुभव कूटनीतिक सेवामा लगाउँछु : राजदूत शमशेर

काठमाडौं– संयुक्त अधिराज्य (बेलायत) का लागि प्रस्तावित राजदूत गौरव शमशेर

रुसले ऊर्जा युद्धविराम पालना नगरे जबाफी कदम चाल्ने युक्रेनको चेतावनी

 काठमाडौँ – युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले घोषणा