सप्तरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु « Khabarhub

सप्तरीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

सप्तरी– सप्तरीमा बुधबार टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । 

सप्तरीको विष्णुपुर गाउँपालिका-१ हुलाकी राजमार्ग स्थित जमुनीमा पश्चिम बाट पूर्वतर्फ आँउदै गरेको ना ३ स ९६३० नं. को टेम्पो अनियन्त्रित भई दुर्घटना हुँदा सप्तरीको खडक नगरपालिका-८ बिसनपुर बस्ने मो।दलिलको श्रीमती अन्दाजी ४० वर्षीया आमना खातुनको मृत्यु भएको हो ।

टेम्पुमा सवार सप्तरीको विष्णुपुर गाउँपालिका-६ कटिटोल बस्ने अन्दाजी ५५ वर्षीय लक्ष्मीराम सामान्य घाइते भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

टेम्पो चालक सप्तरीको राजगढ गाउँपालिका-३ नर्घो बस्ने अन्दाजी ४७ वर्षीय हरेराम मण्डल जिल्ला प्रहरी कार्यालय सप्तरीको नियन्त्रणमा रहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताएको छ ।

 

 

 

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ७ : ४२ बजे

अमेरिकी ‘आर्थिक दबाब अभियान’ मा सहभागी नहुन इरानको चेतावनी

तेहरान- इरानका एक वरिष्ठ सुरक्षा अधिकारीले छिमेकी तथा अन्य मुलुकहरूलाई

म्याग्दीमा चार किलोमिटर पदमार्ग निर्माण

म्याग्दी- एकिकृत सेवा कार्यालय म्याग्दीमार्फत आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन

एआई अभियानका लागि अलिबाबाले १० अर्ब डलरको शेयर निष्कासन गर्ने

हङकङ– चिनियाँ प्रविधि कम्पनी अलिबाबाले कृत्रिम बुद्धिमत्ता (एआई) क्षेत्रमा लगानी

अमेरिकाबाटै कलाकारिता गर्दै धुर्मुस–सुन्तली, सिरियल ‘म त मर्छु कि क्या हो’ ल्याउने

काठमाडौं – जनताबाट रकम उठाएर चितवनमा रंगशाला बनाउने क्रममा ऋणमा

प्रचण्डको निष्कर्ष : कम्युनिस्ट आन्दोलन जोगाउन अब एकताको विकल्प छैन

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनको