अर्घाखाँची प्रिमियर लिगमा तेश्रो र चौथो चरणका खेल सम्पन्न « Khabarhub

अर्घाखाँची प्रिमियर लिगमा तेश्रो र चौथो चरणका खेल सम्पन्न


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

अर्घाखाँची– अर्घाखाँची जिल्ला सदरमुकाम सन्धिखर्कमा जारी चौथो संस्करणको अर्घाखाँची प्रिमियर लिगमा आज तेश्रो र चौथो चरणका खेलहरू सम्पन्न भएका छन् । 

प्रतियोगिताको दोस्रो अर्थात आज भएको पहिलो खेलमा रोयल सन्धिखर्कलाई पराजित गर्दै रायल खाँचिकोट विजयी भएको छ । टस हारेर पहिले ब्याटिङको निम्तो पाएको खाँचिकोटले १९ दशमलव १ ओभरमा सबै विकेट गुमाएर ८६ रन बनाएको थियो । ८७ रनको विजयी लक्ष्य पक्ष्याएको सन्धिखर्कले १७ औं ओभरमा सबै विकेट गुमाएर ६० रनमात्र बनाउन सक्यो । 

यस्तै प्रतियोगिताको तेस्रो अर्थात आजको दोस्रो खेलमा पुष्प वारियर्सलाई पराजित गर्दै इलाभेन व्रदर्श डिभर्ना विजयी भएको छ । १०० रनको विजयी लक्ष्य पछ्याएको पुष्प वारियर्स ७० रनमा अलआउट भएको हो । 

जिल्ला क्रिकेट संघ अर्घाखाँचीको आयोजनामा जारी प्रतियोगिताको जिल्ला समन्वय समितिका प्रमुख जिवनारायण कोइरालाले उद्घाटन गरेका थिए । प्रतियोगितामा प्रथम हुनेले १ लाख १ हजार र द्वितीय हुनेले ५१ हजार पुरस्कार प्राप्त गर्नेछन् ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ७ : ५७ बजे

भोटेकोशी बाढीप्रभावितलाई कारागारबाट कैदीबन्दीको सहयोग

चितवन– कारागार रहेका कैदीबन्दीले भोटेकोशी बाढीप्रभावितलाई सहयोग गरेका छन् । 

जेन-जी सहिद दिवस : सडकको असन्तोषदेखि सुशासन र संस्थागत रूपान्तरणसम्म

एक वर्षअघि काठमाडौँका सडकमा देखिएको त्यो दृश्य नेपालको राजनीतिक तथा

‘जेन-जी विद्रोह राजनीतिक संस्कार र शासन प्रणाली परिवर्तनका लागि थिय’

काठमाडौं- नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) ले गत भदौ २३

सरकारलाई सुशीलाको सन्देश : राजनीतिक स्थायित्व संसदीय गणितमा होइन, शासकको चरित्र र कार्यशैलीमा भर पर्छ

काठमाडौं– पूर्वप्रधानमन्त्री सुशीला कार्कीले सुशासन र परिवर्तनका लागि आ–आफ्नो ठाउँबाट इमानदार,

नुवाकोटमा हैजाविरुद्धको खोप पठाइयो, रसुवामा पर्सिदेखि अभियान

काठमाडौं– बाढी प्रभावित क्षेत्रमा हैजा संक्रमणको जोखिम बढेपछि स्वास्थ्य तथा