समय सकिएपछि हिमपात « Khabarhub

समय सकिएपछि हिमपात


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

मनाङ – हिमाली जिल्ला मनाङमा हिउँ पर्ने समय सकिएपछि हिमपात हुन थालेको छ । प्राकृतिकरूपमा हेर्ने हो भने मङ्सिरको पहिलो साता हिमपात हुनुपर्ने हो । तर यसपटक समय सकिएपछि हिमपात भएको छ । यस वर्ष बेमौसममा हिमपातको सुरुआत भएको छ ।

समयभन्दा ढिला गरी मनाङमा हिमपात भएको प्रमुख जिल्ला अधिकारी सुप्रभा खनाल ढुङ्गेलले जानकारी दिए । तल्लो मनाङमा हिउँ परेपछि स्थानीयवासी खुसी भएका उनले बताए । मनाङमा फागुनको तेस्रो साता लागेपछि मात्रै केही मात्रामा हिमपात भएको प्रजिअ खनालको भनाइ छ । हिमपातपछि यहाँका किसानमा खुसी छाएको उनले बताए।

“माथिल्लो मनाङमा केही बाक्लो हिमपात भएको छ भने तल्लो मनाङमा आजदेखि केही बाक्लो मात्रामा हिमपात भएको छ”, उनले भने।

“यस वर्ष हिमपात हुँदैन कि भन्ने डर लागेको थियो, आजदेखि अलि बढी हिमपात भएको छ, खुसी लागेको छ, हिमपात भएन भने उत्पादन नहुनुका साथै सुक्खापन आउनसक्ने सम्भावना थियो”, ङिस्याङ गाउँपालिका–१ पिसाङका ७४ वर्षीय किसान याङदुङ गुरुङ भने।

ढिला गरी परेको हिमपातले जमिनको सतहमात्रै भिज्ने हुँदा उत्पादन खासै नबढ्ने उनले बताए। “यहाँको मुख्य बाली आलु र करु हो । चैत, वैशाखमा लगाइने यी बालीलाई पुसमा हिउँ पर्नुपर्छ । तर यसपटक ढिला गरी प¥यो, माटो राम्ररी नभिजे पनि सुक्खापन कम हुन्छ”, किसान गुरुङ भने, “जमिन तातिएपछि हिमपात हुँदा हिउँको पानी जमिनमुनि नपुग्दै माथि नै सुक्छ । चिस्यान नभए खेतीबालीलाई पुग्दैन र राम्रो उत्पादन हुँदैन, तर पनि हामी किसान खुसी भएका छौँ ।”

उनका अनुसार समयमा हिमपात नहुँदा सबैभन्दा बढी स्याउ उत्पादनमा असर गर्छ । “स्याउ फुल्ने भनेको फागुन, चैतमा हो । फागुन सकिने बेलामा परेको हिमपातले स्याउको जरासम्म सिँचाइ हुँदैन”, उनले भने, “माथि नै फुल्ने बेलामा परेको हिउँले केही होला भन्ने आशा छ ।”

यहाँ जेठमा फापर रोपिन्छ । चैततिर गहुँ, आलु र केराउ लगाइन्छ । “मङ्सिरदेखि नै प्रायःजसो हिमपात हुन्थ्यो । अहिले फागुनको तेस्रो सातामा मात्रै हिमपात हुन थालेको छ”, नासों गाउँपालिका–५ का वडाध्यक्ष थुतेन लामाले भने, “बल्लमात्र हिमपातको सुरुआत भएको छ ।”

नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कुञ्जो तेन्जिङ लामाले उच्च हिमाली क्षेत्रको बस्तीमा हिमपात भएको तर आवश्यकतानुसार नभएको बताए । “डाँडाकाँडा र हिमालको फेदीमा देखिने हिउँ बल्लमात्र बेँसीसम्म आइपुगेको छ”, उनले भने ।

उनका अनुसार चार हजार दुई सय मिटर उचाइमा रहेको नार र चार हजार ५० मिटर उचाइमा रहेको फूगाउँमा समेत आवश्यक मात्रामा हिमपात हुनसकेको छैन । गाउँले सबै हिमपात र चिसो छल्न यसअघि नै बेँसी झरिसकेका छन् । “विगतमा हिमपात हुन्छ भनेर खाद्यान्न र पशुपक्षीका लागि घाँस व्यवस्थापन गरी बस्ने गरिन्थ्यो । तर यसपटक सोहीअनुसारको व्यवस्था गरिए पनि ढिला गरी हिउँ परेको छ”, उनले भने ।

मनाङमा गत वर्ष असोज तेस्रो सातामा नै हिमपात भएको थियो । यस समयमा खासगरी हिमपात हुने समय भने होइन । प्रायःजसो मङ्सिर अन्तिमदेखि मात्र हिमपात हुने गर्दछ । चिसो र हिमपात छल्न मनाङवासी कात्तिक अन्तिम र मङ्सिरको पहिलो साता बेँसी झर्ने गर्दछन् । उनीहरू काठमाडौँ, पोखरा, बेँसीसहरलगायतका स्थानतर्फ जाने गर्दछन् । यसपटक भने उनीहरू गाउँघर फर्किने समयमा हिमपातको सुरुआत भएको छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ८ : १२ बजे

नदीजन्य पदार्थ उत्खनन रोक

मान्म– कालीकोटमा नदी, खोलाबाट ढुङ्गा, गिट्टी, बालुवालगायतका नदीजन्य पदार्थ उत्खननमा

बालकल्याण माविमा हुवावे स्मार्ट कक्षा हस्तान्तरण, डिजिटल शिक्षामा नयाँ पहल

लमजुङ- लमजुङको बेँसीसहर नगरपालिका–२ भकुण्डेस्थित बालकल्याण माध्यमिक विद्यालयमा आधुनिक प्रविधिसहितको

रास्वपा केन्द्रीय सदस्यमा निर्वाचित भएपछि सागर ढकालले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्यमा अत्यधिक

भेनेजुएलामा शक्तिशाली भूकम्प : कम्तीमा १८८ जनाको मृत्यु, उद्धार कार्य तीव्र

काठमाडौँ – उत्तरी भेनेजुएलामा गएका दुईवटा शक्तिशाली भूकम्पमा परी कम्तीमा

मालिकाका किसानलाई अनुदानमा यान्त्रिक हलो वितरण

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिकाले किसानलाई अनुदानमा मिनीटिलर (यान्त्रिक हलो) वितरण