महिला हिंसा गर्नेमाथि मृत्युदण्डको माग « Khabarhub

महिला हिंसा गर्नेमाथि मृत्युदण्डको माग


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – महिलामाथि जघन्य अपराध गर्नेहरुमाथि मृत्युदण्डसम्मको कानुनी कारबाहीको व्यवस्था हुनुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । भक्तपुर नगरपालिकाद्धारा सञ्चालित ख्वप मावि, ख्व्वप कलेज शारदा क्याम्पस र ख्वप स्कुल अफ लले मंगलबार गरेको प्रबचन कार्यक्रममा हाकाहाकी मानिस मारेको हो भनेर स्वीकार गर्नै व्यक्तिलाई संविधान संशोधन गरी मृत्युदण्डसम्मको सजायँंको वन्दोवस्त हुनुपर्नेमा जोड दिइयो ।

नेपाल मजदुर किसान पार्टीका केन्द्रिय सचिव एवं संघीय सांसद प्रेम सुवालले यसका साथै जघन्य अपराधीहरुलाई पनि मृत्युदण्ड दिनुपर्ने खाँंचो औल्याए । त्यही कारण आफनो पार्टीले घोषणापत्रमै यो माग राखेको उनले बताए ।

महिलामाथिको अन्याय आफूहरुको लागि सह्य नभएको भन्दै उनले नेपालमा भएका धेरै पार्टीहरुमध्ये आफनो एउटै पार्टीले मात्रै महिला हिंसा गर्ने र बहुविवाह गर्नेलाई कारबाहीको व्यवस्था पार्टी विधानमा उल्लेख भएको दावी गरे । हाम्रो पार्टी विधानमा मात्रै महिलामाथि अन्याय गर्ने अनि बहुविवाह गर्ने पुरुषलाई पार्टीको सदस्यता खारेज गर्ने गरी कारबाहीको व्यवस्था भएको छ, अन्य कुनै पार्टीको विधानमा त्यस्तो छैन, उनले दावी गरे ।

उनले जनयुद्धका बेला पाँंच हजार मानिसको मृत्युको जिम्मा लिने पुष्पकमल दाहाल प्रचण्डलाई कानुन अनुसार जेल हाल्नुपर्ने पनि बताए । प्रधानमन्त्री एवं नेकपा ९माओवादी केन्द्र० का अध्यक्ष पुष्पकमल दाहालले जनयुद्धका क्रममा मारिएका १३ हजार नागरिकमध्ये पाँंच हजारको जिम्मा आफूले लिने २०७६ सालमा राजधानीमा भएको एउटा सार्वजनिक कार्यक्रममा स्वीकारेका थिए । त्यही अनुसार उनीमाथि कारबाही चलाउनुपर्ने धारणा उनको थियो ।

जनयुद्ध दिवसको अवसरमा सार्वजनिक विदा दिइएकोमा आपति जनाउँंदै उनले भने, जनयुद्ध दिवसमा सार्वजनिक विदा किनरु के उपलव्धी भएर सार्वजनिक विदा दिएको हो रु

उनले जनयुद्धका कारण गणतन्त्र प्राप्त भएको भनेर धेरैले जवाफ दिने गरेको भन्दै अहिलेको गणतन्त्र पुँजीवादी गणतन्त्र भएको र यसले आम नागरिकलाई कुनै महत्व नराख्ने बताए । उनले समाजवादी गणतन्त्र आवश्यक भएको खाँंचो औल्याए ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ९ : २६ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि