समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्छ : उपसभामुख रानामगर « Khabarhub

समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्छ : उपसभामुख रानामगर


२४ फाल्गुन २०७९, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगरले समाज र राष्ट्र निर्माणका लागि महिला एकजुट हुनुपर्नेमा जोड दिइन्।

एक सय १३औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा झापाको कनकाई नगरपालिकाले आज आयोजना गरेको सम्मान तथा सांस्कृतिक कार्यक्रममा उहाँले समाज र राष्ट्र निर्माण लागि महिला एकजुट हुनुपर्नेमा जोड दिईन ।

“जात, धर्म नभनी महिला एकजुट हुनुपर्छ”, उनले भनिन्, “सबै महिलाको विकास गर्नुपर्छ ।” दुर्गम क्षेत्रका महिलाले धेरै कष्टपूर्ण जीवन बिताइरहेका भन्दै उनले दुर्गम क्षेत्रका महिलाको आवाज उठाउनुपर्नेमा जोड दिइन्। महिला सुनको पिँजडामा होइन, स्वतन्त्र भएर सबै महिलाको पक्षमा उभिनुपर्ने उनको भनाइ थियो ।

हालको महिला सभागितालाई वृद्धि गरेर ५० प्रतिशत पु¥याउन सबै महिला एकजुट हुनुपर्ने बताइन् । नेपालमा मात्र नभई अन्तर्राष्ट्रियस्तरमा नेपाली महिला उदाहरणीय बन्न लाग्नुपर्ने उनको भनाइ छ ।

प्रकाशित मिति : २४ फाल्गुन २०७९, बुधबार  ९ : ५३ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर