आईपीएल : लखनऊको दोस्रो जित, हैदराबादको दोस्रो हार « Khabarhub

आईपीएल : लखनऊको दोस्रो जित, हैदराबादको दोस्रो हार


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आईपीएल) मा लखनऊ सुपर जायन्ट्सले दोस्रो जित निकालेको छ।

क्रुनाल पाण्ड्याको अलराउण्ड प्रदर्शनमा लखनऊ सनराइजर्स हैदराबादलाई पाँच विकेटले पराजित गरेको हो।

लखनऊको घरेलु मैदान एकना स्टेडियममा गएराति टस जितेर ब्याटिङ रोजेको हैदराबादले १२२ रनको लक्ष्य दिएको थियो।

लखनउले २४ बल बाँकी छँदै पाँच विकेट गुमाएर १२२ रनको लक्ष्य भेट्टाएको हो। लखनउका लागि कप्तान केएल राहुलले ३१ बलमा ४ चौका मदतमा ३५ रन बनाए ।

यस्तै क्रुनल पाण्ड्याले २३ बलमा ४ चौका र १ छक्का प्रहार गर्दै ३४ रन बनाए । मार्कस स्टोनीसले अविजित १० तथा निकोलस पुरनले ११ रन जोड्दै अविजित रहे। हैदराबादको लागि आदिल रसिदले दुई तथा भुवनेश्वर कुमार, फजाल्हक फारुकी र उम्रन मल्किले समान एक एक विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२१ रन बनाएको थियो। हैदराबादका लागि राहुल त्रिपाठीले ३४, अनमोलप्रित सिंहले ३१, अब्दुल सामदले अविजित २१ र वासिंगटन सुन्दरले १६ रन जोड्दा अन्य खेलाडीले दोहोरो रन बनाउन सकेनन्।

तीन खेलमा दोस्रो जित निकालेको लखनऊ अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। लगातार दोस्रो हारपछि हैदरवाद अंकविहीन हुँदै पुछारमा छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : ३६ बजे

जब कुलमानले उज्यालो नेपालको बैठकमा हात जोड्दै माफी मागे…

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीसँगको एकता भङ्ग गरेको कुलमान घिसिङको

बत्ती जान थालेपछि निर्देशक शाक्यले गरे स्थलगत निरीक्षण

काठमाडौं – पाटन, स्युचाटार, बालाजुलगायत क्षेत्रमा बेलुकाको समयमा दुई दिनदेखि

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते

पाल्पा – यहाँको रामपुर नगरपालिका–८ स्थित कालीगण्डकी करिडोर सडक खण्डअन्तर्गत

प्रचण्डले भने : रुकुमपूर्वबाट निर्वाचन लड्ने निश्चित भइसकेको छ

रुकुमपश्चिम – नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

एकता तोडिएसँगै उनेपाको अध्यक्ष बने घिसिङ

काठमाडौं – उज्यालो नेपाल पार्टी (उनेपा) को केन्द्रीय समिति बैठकले