लेसेलाई हराउँदै नेपोली उपाधि नजिक « Khabarhub

लेसेलाई हराउँदै नेपोली उपाधि नजिक


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


102
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – इटालियन सिरी ए मा नेपोलीले लेसेलाई २–१ ले पराजित गरेको छ। शुक्रवार भएको खेलमा २–१ ले विजयी भएको नेपोली उपाधितर्फ लम्किएको छ।

शुक्रबार लेसेको घरेलु मैदानमा पहिलो हाफमा जियोभानी डि लरेन्जोले १८औं मिनेटमा गोल गर्दै नेपोलीलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको सुरुवाती ५२औं मिनेटमा घरेलु टोली लेसेका लागि फेडेरिको डि फ्रान्सेस्कोले गोल फर्काए पछि पछि खेल बराबरी हुन पुग्यो।

६४औं मिनेटमा लेसेकै एन्टोनियो गाल्लोले आत्मघाती गोल गरेपछि थप गोल निस्कन नसक्दा नेपोली २–१ को अन्तरले खेल जित्न सफल भयो।

आइतबार एसी मिलानसँग ४–० ले पराजित नेपोली यस जितपछि २९ खेलबाट ७४ अंक जोडन सफल भएको छ।

नेपोलीले अब लिगका बाँकी ९ मध्ये ४ खेल जितेमा उपाधि पक्का गर्नेछ भने पराजित लेस २७ अंक जोडेर १६औं स्थानमा छ।

यस जितसँगै शीर्षस्थानमा रहेको नेपोलीले दोस्रो स्थानको लाजियोमाथि १९ अंकको अग्रता बनाएको छ।

पछिल्लो पटक डिएगो म्याराडोनाको पालामा १९९० मा लिग उपाधि जितेको नेपोलीले ३३ वर्षपछि फेरि लिग जित्ने तयारीमा छ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ८ : ५१ बजे

रवि–बालेन भेटमा के कुरा भयो ?

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

केपी ओलीलाई ईश्वर पोखरेलको चेतावनी : पार्टीमा कसैलाई काखा, कसैलाई पाखा नगरियोस्

काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेलले पार्टीमा कसैलाई काखा

यसरी हुँदैछ नेपाल आउने पर्यटकमाथि निगरानी

काठमाडौँ- अध्यागमन विभागले यही पुस १७ गतेदेखि काठमाडौँका तारे होटलहरूमा

हर्क साम्पाङले गरे उपाध्यक्ष मित्र परियारलाई निलम्बन

काठमाडौं – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले अनुशासन उल्लङ्घन

एमालेको मुख्य ध्याय प्रतिनिधि सभा पुनर्स्थापना हो, चाँडै यो सरकार ढल्छ

काठमाडौं । नेकपा एमालेको पदाधिकारीमा निर्वाचित एकमात्र महिला पद्मा अर्याल