वायुसेवा निगमको सुधारका लागि अध्ययन गर्न समिति गठन | Khabarhub Khabarhub

वायुसेवा निगमको सुधारका लागि अध्ययन गर्न समिति गठन


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सरकारले नेपाल वायुसेवा निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन गरी सिफारिस गर्नको लागि समिति गठन गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका अनुसार नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दिपेन्द्रबहादुर क्षेत्रीको संयोजकत्वमा ५ सदस्सीय समिति गठन गरेको हो।

जसअनुसार समितिमा का सदस्यमा ओम गुरुङ (क्याप्टेन), टिकाराम राई (सञ्चारकर्मी), पियुस आनन्द (वरिष्ठ चार्टर्ड एकाउन्टेन्ट) र सहारा न्यौपाने रहेका छन् । समितिले निगमको संरचनागत र व्यवस्थापकीय पक्षको अध्ययन प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गर्न कार्ययोजना दिइएको छ ।

समितिले निगमको व्यवस्थापकीय पक्ष सुधार गर्न कस्तो व्यवस्थापन आवश्यक पर्ने हो ? पुनर्संरचना कसरी गर्नुपर्ने हो ? लगायतका ८ वटा विषयमा अध्ययन गर्ने कार्यभार तोकिएको छ ।

विगत ५ वर्षको निगमको अवस्था अध्ययन गरी निगमको ऋण, दायित्व, नीतिगत तथा कानुनी पक्षलगायतका विषयमा अध्ययन गरेर २ महिना भित्र प्रतिवेदन बुझाउनु पर्ने भन्दै समितिलाई समयसिमा तोकिएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १ : ११ बजे

देशभर मौसम बदली, यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

एसिया कप : अफगानिस्तानमाथि बंगलादेश ८ रनले विजयी

काठमाडौं – एसिया कपमा बंगलादेशले अफगानिस्तानमाथि ८ रनको जित निकालेको

आज विश्वकर्मा पूजा, वास्तु दिवस पनि मनाइँदै

काठमाडौं – आज कालीगढहरुले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

जेनजी शहीदको सम्झनामा आज देशभर सार्वजनिक बिदा

काठमाडौं – सरकारले ‘जेनजी’ प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सम्मानस्वरूप राष्ट्रिय