आर्थिक तथा समाजिक विकास गर्न अनेक चुनौति छन् : सभामुख घिमिरे « Khabarhub

आर्थिक तथा समाजिक विकास गर्न अनेक चुनौति छन् : सभामुख घिमिरे


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले आर्थिक तथा समाजिक विकास गर्नका लागि अनेक चूनौतिहरु देखापरेको बताएका छन् ।

लायन्स क्लबले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा सभामुख घिमिरेले ठूलो राजनीतिक परिवर्तन गरेर अहिलेको अवस्थामा आइपुगेपनि अहिले आर्थिक तथा समाजिक विकास गर्नका लागि अनेक चूनौतिहरु देखापरेको बताएका हुन् । 

उनले अहिलेको प्रणाली र प्रणालीलाई नेतृत्व गरेका नेताहरूलाई कुर्सीका लागि मात्रै होडबाजी हो की भन्ने आशंका समाजबाट भइरहेको जिकिर गरे  । त्यस्तै उनले पदका लागि नभई सेवाभावका लागि अघि बढ्न लायन्सलाई सुझाव दिए । उनले क्लबमार्फत समाजलाई आइपरेका बिपत्तीहरुमा महत्वपूर्ण भूमिका खेलेको भन्दै यसलाई निरन्तरता दिन सुझाव दिए । 

सभामुख घिमिरेले अन्धोपन हटाउनका साथै शिक्षा र स्वास्थ्यको विकासमा लायन्स क्लबले खेलेको भूमिकाको प्रशंसा गरे ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ४ : १० बजे

अकबरे खुर्सानीको बोट मर्न थालेपछि किसान चिन्तित

इलाम– अकबरे खुर्सानीको बोट मर्न थालेपछि इलामका किसान चिन्तित बनेका

नेपालगन्ज भन्सारबाट पाँच अर्ब २४ करोड राजस्व संकलन

बाँके– नेपालगन्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा

आइतबारका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज आइतबार, सूर्यदेवको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६

आज २०८३ साल कात्तिक १५ गते आइतबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक १५ गते आइतबार सन् २०२६