विश्वप्रसिद्ध पाँचतले मन्दिरमा कर खिं बाजा प्रदर्शन « Khabarhub

विश्वप्रसिद्ध पाँचतले मन्दिरमा कर खिं बाजा प्रदर्शन


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुरको विश्वप्रसिद्ध पाँचतले मन्दिरमा शनिबार कर खिं (एक प्रकारको परम्परागत बाजा) को प्रदर्शन गरिएको छ । श्री भैरबनाथ सांस्कृतिक समूह दोगन पोत्वाले खलाँंबाट प्रशिक्षण प्राप्त समूहबाट प्रदर्शन गरिएको हो । ४ महिनाको कोर्स पूरा गरी प्रशिक्षण प्राप्त समूहमा सहभागी ३७ जनाको समूहले त्यहाँ प्रदर्शन गरिएको थियो । उनीहरु सबैजना पाँचतले मन्दिरभरि रहेर प्रदर्शन गरिएको थियो । 

प्रदर्शन हेर्न सयौँको भीड लागेको थियो । आकर्षक प्रदर्शन देखेपछि फोटो तथा भिडियो लिनेहरूको पनि भीड लागेको थियो । पूर्व निर्धारित कार्यक्रम अनुसार प्रशिक्षण प्राप्त महिला पुरुषहरूले बाजा बजाएर प्रदर्शन गरेका थिए । 

समूहका संयोजक एवं बाजाका गुरु श्रीभक्त सुवालले बाजा प्रशिक्षण सम्पन्न गरी सिकारुहरूलाई सार्वजनिकीकरणको क्रममा प्रदर्शन गरिएको हो । सिकारुहरुले दुई समूहमा गरी प्रत्येक दिन साँझ पाँच बजेदेखि ६ बजेसम्म एक समूह र ६ बजेदेखि ७ बजेसम्म अर्को समूह गरी उनीहरु ३७ जनाले बाजाको प्रशिक्षण लिएका थिए । प्रशिक्षणको क्रममा कोठामा मात्रै बजाउन सिक्ने उनीहरूले प्रशिक्षण पूरा भएपछि सार्वजनिक रुपमा बाजा बजाएर बजार घुम्ने प्रचलन अनुसार बजार घुम्ने क्रममा पाँचतले मन्दिरमा पनि बाजाको प्रदर्शन गरिएको जनाइएको छ । 

पाँचतले मन्दिरमा प्रदर्शनपछि उनीहरूले बजार घुमेका थिए । उनीहरूले स्थानीय नासद्यमा पुगेर बाजा बजाउन पुगेका थिए । यसअघि उनीहरु बिहानै सिकारु र तिनका आफन्त भक्तपुरको पाँचतले मन्दिरसँगै भैरवनाथको मन्दिर नजिक पुगी पूजाआजामा सहभागी भएका थिए । पूजाआजाको काम पूरा गरेपछि दिउँसो उनीहरूले पाँचतले मन्दिरमा बाजा प्रदर्शन गरेका थिए । साथै उनीहरु बाजा बजाई भक्तपुरको सूर्यविनायकस्थित गणेश मन्दिरमा पनि पुगेका थिए । यसरी उनीहरु दिनभर बाजागाजा बजाएर रमाएका थिए । 

प्रशिक्षणमा ससाना बालबालिकादेखि वृद्धवृद्धा उमेरकासम्म छन् । तथापि विशेष गरेर युवायुवतीहरू बढी छन् । प्रशिक्षणमा कक्षा नौ वर्षदेखि चार दशक पार गरिसकेका महिला पुरुष सहभागी रहेको जनाइएको छ । 

कर खिं एक प्रकारको परम्परागत बाजा हो । यो धिमे जस्तो बाजा हो । तर धिमे भन्दा केही सानो रहेको हुन्छ । यो बाजा भक्तपुरमा हुने दसैं, नयांँवर्ष विस्केट जात्रालगायतका मेला महोत्सव उत्सवमा समूह-समूहमा बजाउने गरिन्छ । 

यहाँका बाजागाजालाई जीवन्त राख्न बाजा प्रशिक्षण दिइएको बताइएको छ । भक्तपुरका कला, संस्कृति, बाजागाजालाई जीवन्त राख्न नयाँ पुस्तालाई सीप हस्तान्तरण गर्ने क्रममा समूहले बाजा प्रशिक्षण दिइएको बताइएको छ । प्रशिक्षणमा भक्तपुर नगरभरिका साथै जिल्लाका विभिन्न नगरपालिकाबासीहरु सहभागी रहेको बताइएको छ । 

जानकारहरुका अनुसार कर खिं बजाउनका लागि घटीमा पनि तीनजनाको टोली चाहिन्छ । एकजनाले कर खिं, एकजना, भुछ्या (एक प्रकारको परम्परागत बाजा) र एकजना सिछ्या (एक प्रकारको परम्परागत बाजा) गरी समूहमा घटीमा तीन जना चाहिन्छ । भक्तपुरमा बजाइने धिमे, कर खिं, धाँं झण्डैझण्डै उस्तै धिमे जस्ता हुन्छन् ।  

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ७ : २१ बजे

निर्वाचनबाट मात्रै देशमा राजनीतिक निकास सम्भव छ: नेता बस्नेत

ललितपुर – नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतले निर्वाचनबाट मात्रै देशमा

एनभीए भलिबल च्याम्पियनसिपः रुकुम पश्चिमको विजयी सुरूवात

काठमाडौं – नवौँ एनभीए महिला तथा पुरुष भलिबल च्याम्पियनसिपमा रुकुम

चालीस वर्षीया पुनमकलीले जितिन् ‘मिस हात्ती सुन्दरी–२०८२’को उपाधि

चितवन – सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सव–२०८२

शीतलहरका कारण वीरगञ्ज महानगरमा दुई दिन बिदा

पर्सा – वीरगञ्ज महानगरपालिकाले शीतलहर चलेसँगै थप दुई दिन विद्यालयको

महोत्तरीका उखु किसानलाई धपेडी

महोत्तरी– महोत्तरीका उखु किसानलाई अहिले धपेडी छ । चैतेबाली लगाउने