नेपाल महिला ओलम्पिक छनोटबाट बाहिरियो « Khabarhub

नेपाल महिला ओलम्पिक छनोटबाट बाहिरियो


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


273
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाल फ्रान्सको पेरिसमा अर्को वर्ष आयोजना हुने महिला ओलम्पिक फुटबल प्रतियोगिताको एसियाली छनोटको पहिलो चरणबाट बाहिरिएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा आज भएको समूह सीअन्तर्गत पहिलो चरणको अन्तिम खेलमा नेपाल भियतनामसँग २–० गोलअन्तरले पराजित भएपछि ओलम्पिक छनोटको पहिलो चरणबाटै बाहिरिएको हो ।

यस जितसँगै भियतनाम भने समूह सीबाट ओलम्पिकको एसियाली छनोटको दोस्रो चरणमा प्रवेश गर्न सफल भयो । यसअघि बुधबार भएको पहिलो खेलमा भियतनामले नेपाललाई ५–१ गोलअन्तरले पराजित गरेको थियो ।

पहिलो खेलभन्दा निकै नै सुधारिएको प्रदर्शन गरेको नेपालले खेलको छैटौँ र सातौँ मिनेटलाई जोगाउन नसक्दा प्रतियोगितामा हार बेहोर्न बाध्य बन्यो । खेलमा भियतानमले खेलको पहिलो हाफमा नै दुई गोल ग¥यो । भियतनामका लागि दुबै गोल फाम हाइ यनले गरिन । उनले खेलको छैटौँ मिनेटमा गुएँ थि माइ आङको कर्नरमा गोल गरेकी हुन् ।

त्यसको एक मिनेट पनि बित्न नपाउँदै भियतनामले अग्रता दोब्बर बनायो । खेलको सातौँ मिनेटमा फामले व्यक्तिगत दोस्रो गोल गर्दै आफ्नो टोलीको अग्रता पनि दोब्बर बनाइन । उनले ट्रान थि थु थाओको लामो पासलाई सदुपयोग गर्दै गोल गरेकी हुन ।

त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र भियतनामले नेपालमाथि २–० को सहज जित निकाल्यो । समूह सिमा रहेको अफगानिस्तान र प्यालेस्टाइनले खेल नखेल्ने भन्दै नाम फिर्ता लिएपछि नेपाल र भियतनामले मात्र समूह सीबाट प्रतिस्पर्धा गरेका हुन् ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ८ : ४१ बजे

केन्द्रीय समिति बैठकमा सभापति थापाको राजनीतिक प्रतिवेदन पेस, २९ प्रस्ताव प्रस्तुत

काठमाडौँ– नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले १५औँ महाधिवेशनमा पेश गर्ने

मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं– मन्त्रिपरिषद्को बैठक आज बस्ने भएको छ । प्रधानमन्त्री तथा

देउवाका विश्वास पात्र सुरेन्द्रराज पाण्डेले पनि उपसभापतिमा उम्मेदवारी दिने

काठमाडौं– गण्डकी प्रदेशका मुख्यमन्त्री तथा पूर्व सभापति शेरबहादुर देउवा र

रेसुङ्गामा जिपलाइन र स्काई साइक्लिङको अन्तिम परीक्षण सफल

गुल्मी– जिल्लाको प्रमुख पर्यटकीय स्थल रेसुङ्गाको गर्जुरामा साहसिक पर्यटन प्रवर्द्धनका

पोखरा आइपुग्यो डोल्पाका भेडाच्याङ्ग्रा

पोखरा–  दसैँ नजिकिँदै गर्दा हिमाली जिल्ला डोल्पाबाट भेडाच्याङ्ग्रा पोखरा आइपुगेको छ