नयाँ पर्यटन ऐन ल्याउँछौँ : पर्यटनमन्त्री किराती | Khabarhub Khabarhub

नयाँ पर्यटन ऐन ल्याउँछौँ : पर्यटनमन्त्री किराती


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सरकारले नयाँ पर्यटन ऐन ल्याउने तयारी गरेको बताएका छन् ।होटल व्यवसायी महासङ्घ गण्डकी प्रदेशको प्रथम महाधिवेशन पोखरामा उद्घाटन गर्दै उनले समयसापेक्ष पर्यटन ऐन ल्याउन लागिएको जानकारी दिए ।

“पर्यटन ऐन बदल्नु छ, मभन्दा जेठो पर्यटन ऐन बोकेर हिँड्दैछु । यो ऐनको प्रभावकारिता सकिएकाले नयाँ ऐन ल्याउन लागेका छौँ”, उनले भने। वर्तमान ऐनमा भएका धेरै विषयहरु सुधार गर्दै समयसापेक्षित पर्यटन ऐन ल्याउने उनको भनाइ छ ।

पर्यटनमन्त्री किराँतीले पर्यटन ऐनका बारेमा पोखरामा समेत आएर पर्यटन व्यवसायी, होटल व्यवसायी लगायत सबै सरोकारवालासँग सुझाव र छलफल गरिने बताए ।

उनले मन्त्रालयले २० वर्षे दीर्घकालीन कार्यक्रम घोषणा नगरी आवश्यकताका आधारमा तत्कालका योजना र कार्यक्रम ल्याउने तयारी गरिएको बताए। ‘घुमौँ नेपाल, हेरौँ प्रकृति र चिनौँ संस्कृति’ भन्ने नारासहित पर्यटनको प्रचार अन्तर्राष्ट्रियस्तरमा समेत गर्ने योजना रहेको मन्त्री किरातीले सुनाए ।

पोखरालाई ‘ब्राण्डिङ’ र ‘रिब्राण्डिङ’ गर्दै यहाँको प्रकृति र संस्कृतिलाई अन्तर्राष्ट्रिय बजारमा बिक्री गरेर विदेशी मुद्रा आर्जन गर्नुपर्नेमा उनले जोड दिए । पर्यटनको विकास र विस्तारका लागि पर्यटनलाई उद्योगका रुपमा विकास गर्नुपर्ने उनले आवश्यकता औँल्याए।

मन्त्री किरातीले भने, “म पर्यटन नीति बनाउँछु, पर्यटन बोर्डले प्रवद्र्धनको काम गरोस् । पर्यटन विभागले संरचनागत काम गरोस्, तपाईं व्यवसायीले पनि गुणस्तरीय सेवा दिनुपर्छ ।”

कार्यक्रममा होटल व्यवसायी महासङ्घका वरिष्ठ उपाध्यक्ष शेरबहादुर थापा, गण्डकी प्रदेश नीति तथा योजना आयोगका सदस्य डा सुवास अधिकारी, गण्डकी प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव बद्रीराज ढुङ्गाना, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका कार्यवाहक प्रमुख नवीन पोखरेल, होटल व्यवसायी महासङ्घ बागमती प्रदेश अध्यक्ष दामोदर नेपाल, होटल व्यवसायी महासङ्घ गण्डकीका अध्यक्ष अर्जुन चोखाललगायतले पर्यटन क्षेत्रमा होटल व्यवसायले ठूलो योगदान गरेकाले पर्यटकलाई सेवा दिने होटललाई राज्यले समानरुपमा हेर्नुपर्नेमा जोड दिएका थिए ।

गण्डकी प्रदेशमा रहेका आठ हजार होटल तथा रेष्टुराँ व्यवसायीको छाता संस्था होटल व्यवसायी महासङ्घ गण्डकीमा जिल्लास्थित होटल व्यवसायी सङ्घ तथा समिति आबद्ध छन् । महाधिवेशनले नया नेतृत्व चयन गर्ने महासचिव देवेन्द्र लम्सालले जानकारी दिए।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ८ : ५४ बजे

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने

तुलसीपुर उपमहानगरपालिकामा त्रिपालबाट सेवा सुरु

दाङ– जेन–जी प्रदर्शनका क्रममा आगजनीमा परेको तुलसीपुर उपमहानगरपालिकाले मङ्गलबारदेखि त्रिपालमार्फत

पहिरोले नारायणगढ–मुग्लिन र कर्णाली राजमार्ग अवरुद्ध

काठमाडौं– पहिरोले दुई राजमार्ग अवरुद्ध भएका छन् । कर्णाली राजमार्गअन्तर्गत

पर्यटक लोभ्याउँदै भोजपुरको ‘सुन्तले–बाघखोर’

भोजपुर– भोजपुरको सुन्तले–बाघखोर क्षेत्र पर्यटकका लागि आकर्षक गन्तव्य बन्दै गएको

कोराला नाका सञ्चालनले व्यवसायी उत्साही

म्याग्दी– मुस्ताङको कोराला नाकाबाट नेपाल र चीनबीचको व्यापारिक गतिविधि सुरु