इरानका विद्यालयमा छात्रालाई विष खुवाउने घटना बढ्दै | Khabarhub Khabarhub

इरानका विद्यालयमा छात्रालाई विष खुवाउने घटना बढ्दै


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

एजेन्सी – इरानका विभिन्न विद्यालयमा शनिबार दर्जनौं छात्रालाई विष खुवाइएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

नोभेम्बरको अन्त्यदेखि छात्राहरूलाई मात्र पढाइ गरिने धेरै विद्यालयहरू ग्याँस वा विषाक्त पदार्थहरूको सेवनका घटनाहरूबाट प्रभावित भएका छन् । कतिपय अवस्थामा यस्ता घटनाका कारण विद्यार्थीहरू बेहोस हुने र अस्पताल भर्ना हुने गरेका छन् ।

तेलको धनी दक्षिणपश्चिमी प्रान्त खुजेस्तानको हाफ्टकेल शहरको एक बालिका विद्यालयमा कम्तीमा ६० जना विद्यार्थीलाई विषाक्त पदार्थ खुवाइएको सरकारी टेलिभिजनको आईआरआईबी समाचार एजेन्सीले स्थानीय अधिकारीलाई उद्धृत गर्दै जनाएको छ ।

“उत्तरपश्चिमको अर्दाबिलका पाँच वटा विद्यालयमा’ थुप्रै छात्रामा विषाक्त वस्तु सेवनका कारण ‘झर्किने, सास फेर्न गाह्रो हुने र टाउको दुख्ने’ लक्षण देखिएको प्रान्तीय चिकित्सा अधिकारीले सञ्चारमाध्यमलाई बताएका छन् ।

पश्चिम अजरबैजान प्रान्तको राजधानी उर्मियाको उत्तरपश्चिमी शहरमा ‘धेरै छात्राहरू बिरामी भएपछि शनिबार अस्पताल लगिएको’ आईएलएनए समाचार संस्थाले जनाएको छ ।

मार्च ७ मा उपलब्ध गराइएको आधिकारिक गणनाअनुसार देशका ३१ प्रान्तमध्ये २५ मा रहेका २३० भन्दा बढी प्रतिष्ठानमा ‘पाँच हजारभन्दा बढी विद्यार्थीहरू’ यस्तै विषाक्तताबाट प्रभावित भएका छन् ।

यी घटनाको छानबिनका लागि गठित राष्ट्रिय अनुसन्धान समितिका प्रमुख सांसद हामिदरेजा काजेमीको नेतृत्वमा समिति बनेको छ । समितिले ‘अन्तिम प्रतिवेदन’ दुई हप्ताभित्र सार्वजनिक गर्ने जिम्मेवारी पाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  ९ : ३७ बजे

लुम्बिनी प्रदेश सरकारअन्तर्गतको क्षति विवरण सार्वजनिक

लुम्बिनी– जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेश सरकार र मातहतका विभिन्न

कक्षा १२ को मौका परीक्षा असोज ७ र ८ गते हुने

भक्तपुर– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज

आन्दोलनका क्रममा चोरी तथा लुटिएका सामान खोज्दै प्रहरी

बागमती– जेन–जी आन्दोलनका क्रममा हेटौँडास्थित विभिन्न सरकारी कार्यालय तथा मन्त्रालयबाट

भद्रकाली मन्दिर परिसरमा विश्वकर्मा पूजा गर्नेहरूको भीड (तस्बिरहरू) 

काठमाडौं– आज कालिगढहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवं

कोरिया कामदार पठाउने ई-७ भिसा प्रक्रिया रोकियो

काठमाडौं – वैदेशिक रोजगार विभागले गणतन्त्र कोरियामा सीपयुक्त श्रमिक पठाउने