साहित्यको फाँट राजनीतिभन्दा विराट हुन्छ : महामन्त्री शर्मा « Khabarhub

साहित्यको फाँट राजनीतिभन्दा विराट हुन्छ : महामन्त्री शर्मा


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साहित्यको फाँट राजनीतिको भन्दा विराट हुने बताएका छन् । नेपाली लेखक सङ्घ झापाले आज अर्जुनधारामा आयोजना गरेको ‘साहित्य उत्सव’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले त्यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताए । “सफल नेता हुन समाजलाई मानवीय र भावनात्मक रूपमा बुझ्न सक्नुपर्छ”, उनले भने, “राजनीतिज्ञले समाजको भावना र मानवीय पक्षलाई बुझेको हुनुपर्छ ।”

कार्यक्रममा झापा क्षेत्र नं १ का सांसदसमेत रहनुभएका शर्माले ‘बैशाखी’ शीर्षकको कवितासमेत वाचन गरेका थिए । पार्टीले लेखक सङ्घ र लेखकका पक्षमा उल्लेख्य काम गर्न नसकेको स्वीकार्दै उनले आगामी दिनमा पार्टीले त्यसलाई आत्मसात् गरेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए ।

“लेखक सङ्घलाई प्रभावकारी बनाउन मैले पहिला पनि काम गरेको थिएँ, भविष्यमा पनि त्यसलाई निरन्तरता दिनेछ”, उनले भने, “लेखकहरु समाज रुपान्तरण र परिवर्तनका सम्वाहक हुन् ।” कार्यक्रममा लेखक सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठ, महासचिव सोझो गाउँलेले सङ्घका गतिविधि र भावी कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १० : ४८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल