साहित्यको फाँट राजनीतिभन्दा विराट हुन्छ : महामन्त्री शर्मा | Khabarhub Khabarhub

साहित्यको फाँट राजनीतिभन्दा विराट हुन्छ : महामन्त्री शर्मा


२५ चैत्र २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले साहित्यको फाँट राजनीतिको भन्दा विराट हुने बताएका छन् । नेपाली लेखक सङ्घ झापाले आज अर्जुनधारामा आयोजना गरेको ‘साहित्य उत्सव’ कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री शर्माले त्यस्तो बताएका हुन् ।

महामन्त्री शर्माले मानवीय र भावनाको कोणबाट समाजलाई नबुझ्ने मानिस नेता हुन नसक्ने बताए । “सफल नेता हुन समाजलाई मानवीय र भावनात्मक रूपमा बुझ्न सक्नुपर्छ”, उनले भने, “राजनीतिज्ञले समाजको भावना र मानवीय पक्षलाई बुझेको हुनुपर्छ ।”

कार्यक्रममा झापा क्षेत्र नं १ का सांसदसमेत रहनुभएका शर्माले ‘बैशाखी’ शीर्षकको कवितासमेत वाचन गरेका थिए । पार्टीले लेखक सङ्घ र लेखकका पक्षमा उल्लेख्य काम गर्न नसकेको स्वीकार्दै उनले आगामी दिनमा पार्टीले त्यसलाई आत्मसात् गरेर अघि बढ्ने प्रतिबद्धतासमेत जनाए ।

“लेखक सङ्घलाई प्रभावकारी बनाउन मैले पहिला पनि काम गरेको थिएँ, भविष्यमा पनि त्यसलाई निरन्तरता दिनेछ”, उनले भने, “लेखकहरु समाज रुपान्तरण र परिवर्तनका सम्वाहक हुन् ।” कार्यक्रममा लेखक सङ्घका अध्यक्ष तीर्थ श्रेष्ठ, महासचिव सोझो गाउँलेले सङ्घका गतिविधि र भावी कार्यक्रमका बारेमा जानकारी दिएका थिए ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  १० : ४८ बजे

उपभोक्ताको रुचिमा कर्णालीको स्याउ

राँझा– हेर्दा आकर्षक र खाँदा स्वादिलो कर्णालीको स्याउ आम उपभोक्ताको

जेन-जी आन्दोलन : आगजनी र लुटपाटमा संलग्न १३ जनाविरुद्ध किटानी जाहेरी

सुनसरी– जेन-जी आन्दोलनको नाममा गत भदौ २४ गते अराजक समुहले

पर्वतको जलजलामा ‘होम डेलिभरी’ शून्य

पर्वत– जलजला गाउँपालिकामा घरमा प्रसूति (सुत्केरी) हुनेको सङ्ख्या शून्य भएको

मन्त्री घिसिङद्वारा जलेका सवारिसाधन व्यवस्थापन गर्न निर्देशन

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक योजना तथा यातायात र

सुनको मूल्य घट्यो, कतिमा भइरहेछ कारोबार ?

काठमाडौं– नेपाली बजारमा बुधबार सुनको मूल्य एक हजार रुपैयाँले घटेको