लागूऔषधसहित ४ जना पक्राउ « Khabarhub

लागूऔषधसहित ४ जना पक्राउ


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- पर्सा र बर्दियाबाट लागूऔषधसहित चारजना पक्राउ परेका छन् । पर्साको वीरगञ्ज महानगरपालिका १६ बसपार्कबाट अवैध लागूऔषध नाइट्राभेट २५ ट्याब्लेट, ट्रामवेल १० ट्याब्लेट, ट्रामोल २४ पिस र स्टागान १४ पिससहित दुई जनालाई प्रहरी पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा राप्ती नगरपालिका ४ बस्ने २० वर्षीय दिपेश राई र कैलाली टिकापुर नगरपालिका ५ बस्ने १८ वर्षीय किशोर रहेका छन् । शंकास्पद रुपमा हिँडिरहेको उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।

यस्तै, बर्दियाको बढैयाताल गाउँपालिका ८ कण्ठपुरबाट अवैध लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थ ३ सय ५० मिलीग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा बर्दिया बाँसगढी नगरपालिका ३ बस्ने २३ वर्षीय खिमबहादुर विक र सोही ठाउँ बस्ने २० वर्षीय शिवा थारु रहेका छन् । प्रहरी चौकी कालिकाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ४ : २२ बजे

पोखरा विश्वविद्यालयको एक अर्ब ७५ करोड ८० लाखको बजेट पारित

पोखरा (कास्की) । पोखरा विश्वविद्यालयको २६औँ साधारणसभाले आर्थिक वर्ष २०८३/८४

कास्कीबाट थापाका बाबु–छोरा बने कांग्रेस महाधिवेशन प्रतिनिधि

पोखरा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनका लागि एकै परिवारका बाबु–छोरा प्रतिनिधि

साउदीबाट यूएई फर्किए फ्लाई दुबईका घाइते पाइलट

काठमाडौँ । गत सेप्टेम्बर ३० मा दुबईबाट तेल अभिभका लागि

सरकारले संसद्‍लाई पूर्णरूपमा उपेक्षा गर्‍यो : खुश्बु ओली

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीकी प्रमुख सचेतक खुश्बु ओलीले सरकारले संसद्‍लाई

गुल्मीमा मात्रै खसीबोका विक्री कारोबार वार्षिक एक अर्ब

गुल्मी – राम्रो आम्दानी लिन सकिने भएपछि गुल्मीका किसान खसीबोका