समयमा नै निर्माण नभएको भन्दै स्थानीयद्वारा नख्खु–भैँसेपाटी सडक बन्द « Khabarhub

समयमा नै निर्माण नभएको भन्दै स्थानीयद्वारा नख्खु–भैँसेपाटी सडक बन्द


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- ललितपुरको नख्खु–भैँसेपाटी सडक खण्ड समयमा नै निर्माण नभएको भन्दै स्थानीयहरुले सडक बन्द गरिदिएका छन् ।

नख्खु–भैँसेपाटी सडक खण्ड नबनाएर लामो समयदेखि अलपत्र छाडेको भन्दै उनीहरुले सोमबार सडक बन्द गरिदिएका हुन् । स्थानीयहरुले सडक अवरुद्ध गरेपछि सवारी साधनहरु वैकल्पिक मार्ग हुँदै सञ्चालन भएका छन् ।

लामो समयदेखि सडक अलपत्र पार्दा धुँवा धुलो र हिलोले स्थानीय बिरामी पर्न थालेको र सो सडक हुदै आवात जावतमा समस्यमा भएकाले बाध्य भएर दबाब दिन सडक बन्द गर्नु परेको उनीहरुको भनाइ छ । ललितपुर महानगरपालीका वडा नंवर १८ का वडाध्यक्ष दामोदर खड्काले लामो समयदेखि सडक नबनाउँदा समस्या भोग्नुपरेको भन्दै बाध्य भएर सर्वसाधारहरु विरोधमा उत्रन बाध्य भएको बताए ।

पाँच किलोमिटर लम्बाइको नख्खु–भैसिपाटी–बुङ्मती सडक निर्माणको काम विसं २०७३ देखि सुरु भएको थियो । सडकको चौडाइ २० मिटर हुने र सडकमा वर्षाको पानी जाने पाइप, पैदलयात्रु मार्ग लगायतका संरचना निर्माण गरिने भन्दै भत्काइएको सडक पूर्ण रुपमा निर्माण हुन सकेको छैन ।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ६ : ०२ बजे

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध आसिफ शेखले बनाए अर्धशतक

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालका ओपनर

एसीसी प्रिमियर कप फाइनलः युएईविरुद्ध ओपनर आसिफ र अर्जुनले गरे ९७ रनको साझेदारी

काठमाडौँ – एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा नेपालले शानदार

धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन

धादिङ – भोटेकोशी बाढीले फुर्केखोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक

जङ्गलमा भरुवा बन्दुक, लागुपदार्थसहित महिला पक्राउ

बागलुङ – नियमित गस्तीमा रहेको प्रहरी टोलीले बडिगाड गाउँपालिका–५ दागस्थित

बीपी, अरनिको र कर्णालीसहित मुख्य राजमार्ग अवरुद्ध : कुन सडकको अवस्था के छ ?

काठमाडौँ – लगातारको वर्षा, बाढी तथा पहिरोका कारण बागमती र