बेगनास ताल किनारमा भण्डारी मृत फेला « Khabarhub

बेगनास ताल किनारमा भण्डारी मृत फेला


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा–३१ को बेगनास तालमा आज बिहान एक पुरुषको शव फेला परेको छ । उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास ताल किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । मृतक भण्डारीले बोकेको परिचयपत्रका आधारमा सनाखत गरिएको कास्की प्रहरीले जनाएको छ ।

मृतक भण्डारीलाई बेगनास ताल किनारमा घोप्टो परेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको टोलीले मुचुल्का तयार गरी शवपरीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याएको कस्की प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।

परिचयपत्रका आधारमा मृतक भण्डारी नायब सुब्बा पदमा कार्यरत परराष्ट्र मन्त्रालयका कर्मचारी रहेको प्रहरीले जनाएको छ । उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । “तालमा डुबेर आत्महत्या हो कि विष सेवन गरेर आत्महत्या हो वा कसैले हत्या गरेको हो भन्नेबारेमा हामी अनुसन्धान गर्दैछौँ”, प्रवक्ता विकले भने।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ९ : १६ बजे

पोखरा बसपार्क क्षेत्रका सुकुम्बासी हटाउने प्रक्रिया आइतबारदेखि अघि बढ्दै

कास्की – पोखरा महानगरपालिकाले पृथ्वीचोकस्थित प्रस्तावित पोखरा बसपार्क क्षेत्रमा लामो

आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

एसीसी प्रिमियर कप फाइनल: युएईविरुद्ध भिड्दै नेपाल, कस्तो छ ‘हेड टु हेड’ ?

काठमाडौँ – तेस्रो संस्करणको एसीसी प्रिमियर कप एकदिवसीय क्रिकेटको फाइनलमा

शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६

आज २०८३ साल भदौ २७ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ २७ गते शनिबार सन् २०२६