बेगनास ताल किनारमा भण्डारी मृत फेला | Khabarhub Khabarhub

बेगनास ताल किनारमा भण्डारी मृत फेला


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरा–३१ को बेगनास तालमा आज बिहान एक पुरुषको शव फेला परेको छ । उदयपुरका ३१ वर्षीय अनुप भण्डारी बेगनास ताल किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता श्रवणकुमार विकले जानकारी दिए । मृतक भण्डारीले बोकेको परिचयपत्रका आधारमा सनाखत गरिएको कास्की प्रहरीले जनाएको छ ।

मृतक भण्डारीलाई बेगनास ताल किनारमा घोप्टो परेको अवस्थामा स्थानीयवासीले देखेपछि प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय सिसुवाबाट खटिएको टोलीले मुचुल्का तयार गरी शवपरीक्षणका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा ल्याएको कस्की प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।

परिचयपत्रका आधारमा मृतक भण्डारी नायब सुब्बा पदमा कार्यरत परराष्ट्र मन्त्रालयका कर्मचारी रहेको प्रहरीले जनाएको छ । उक्त घटनाका बारेमा अनुसन्धान भइरहेको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए । “तालमा डुबेर आत्महत्या हो कि विष सेवन गरेर आत्महत्या हो वा कसैले हत्या गरेको हो भन्नेबारेमा हामी अनुसन्धान गर्दैछौँ”, प्रवक्ता विकले भने।

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  ९ : १६ बजे

गगन थापा भन्छन् : शिक्षकले राजनीतिक आस्था विद्यालयको ढोका बाहिर राख्नुपर्छ

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले शिक्षकले राजनीतिक आस्थालाई

रवि थुनिएको नख्खुका जेलरको डोल्पामा सरूवा

काठमाडौं – गृहमन्त्रालयले ललितपुरस्थित नख्खु कारागारका जेलरको सरुवा गरेको छ

काठमाडौं, ललितपुर र भक्तपुरका सीडीओ फेरिए

काठमाडौं – गृह मन्त्रालयले उपत्यकाका तीनवटै जिल्लामा प्रमुख जिल्ला अधिकारी

परराष्ट्र मन्त्रालयले भन्यो : लिम्पियाधुरा, लिपुलेक र कालापानी नेपालको अभिन्न अङ्ग हो

काठमाडौं – नेपाल सरकारको परराष्ट्र मन्त्रालयले नेपाली भूमि लिपुलेक हुँदै

लिपुलेक हुँदै सीमा व्यापार खोल्ने भारत–चीनको सहमतिप्रति विद्यार्थी संगठनहरूको विरोध

काठमाडौं– भारत भ्रमणमा रहेका चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय