लुम्बिनीमा तत्काल मन्त्रिपरिषद विस्तार हुन्छ : मुख्यमन्त्री चौधरी « Khabarhub

लुम्बिनीमा तत्काल मन्त्रिपरिषद विस्तार हुन्छ : मुख्यमन्त्री चौधरी


२५ बैशाख २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लुम्बिनी प्रदेशमा तत्काल मन्त्रिपरिषद् विस्तार हुने बताएका छन् ।

दाङको तुलसीपुरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै मुख्यमन्त्री चौधरीले दुई/चार दिनमै मन्त्रिपरिषद् विस्तार हुने बताएका हुन् । “सबै प्रदेशको एकै पटक मन्त्रिमण्डल विस्तार गरौँ भन्ने नीतिगत निर्णय भएको छ”, उनले भने, “दुई÷चार दिनमै मन्त्रिमण्डल विस्तार हुन्छ ।”

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) सहित विभिन्न आठ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा चौधरी मुख्यमन्त्री भएका हुन् । यसअघि माओवादी केन्द्रका धनबहादुर मास्की (राजेश), नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सन्तोष पाण्डेलाई मन्त्री नियुक्त गरिएको थियो ।

लुम्बिनीमा १० मन्त्रालय छन् । गठबन्धनमा कांग्रेसका २७, माओवादी केन्द्रका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जसपा, लोसपा र जनमत पार्टीका तीन÷तीन, नेकपा (एकीकृत समाजवादी) र राष्ट्रिय जनमोर्चाका एक/एक सदस्य तथा एक जना स्वतन्त्र सदस्य छन् । विपक्षमा लुम्बिनीमा एमालेका २९ र राप्रपाका चार सदस्य रहेका छन् ।

 

प्रकाशित मिति : २५ बैशाख २०८०, सोमबार  १० : १६ बजे

पौवादुङमामा २१ फर्मलाई ६० लाख सहयोग

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिकाले व्यावसायिक पशुपालनलाई प्रोत्साहन गर्दै किसान लक्षित

धुलिखेल–खावा सडकखण्डमा सवारी सञ्चालनमा कडाइ

काठमाडौं– अरनिको राजमार्ग अन्तर्गतको धुलिखेल–खावा सडक खण्डमा भइरहेको सडक निर्माण

एमाले संसदीय दल र सचिवालय बैठक बस्दै

काठमाडौं– नेकपा (एमाले) को संसदीय दल र सचिवालय बैठक आज

भलमन्सालाई संरक्षण गर्दै धनगढी उपमहानगरपालिका

गोदावरी– धनगढी उपमहानगरपालिकाले ‘थारू समुदायको भलमन्सा प्रथा संरक्षण तथा विकास

रास्वपा महाधिवेशन : प्रतिनिधि परिचयपत्र नौ ठाउँबाट बाँडिँदै

चितवन– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको बन्दसत्र प्रयोजनका लागि