चिवाभञ्ज्याङ नाका खोल्न लागिपरेको छु : सिक्किमका मुख्यमन्त्री तामाङ « Khabarhub

चिवाभञ्ज्याङ नाका खोल्न लागिपरेको छु : सिक्किमका मुख्यमन्त्री तामाङ


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

पाँचथर – नेपाल–भारत सीमावर्ती चिवाभञ्ज्याङ नाका खोल्न भारतको सिक्किमका मुख्यमन्त्री प्रेमसिंह तामाङले चासो देखाएका छन्। मङ्गलबार चिवाभञ्ज्याङको भ्रमण गरेका उनले भारत र नेपाललाई फाइदा पुग्ने गरी सो नाका खोल्न प्रदेश सरकार लागिपरेको बताए।

“चिवाभञ्ज्याङ नाकाबाट कसरी फाइदा लिन सकिन्छ लागिपरेको छु”, मुख्यमन्त्री तामाङले भने, “मैले बारम्बार नीति आयोगको सभामा यो विषय उठाउने गरेको छु।”

भारतको केन्द्रीय सरकारसित चिवाभञ्ज्याङमा नाका खोल्न छलफल भएको मुख्यमन्त्री तामाङको भनाइ छ। “केन्द्र सरकार यसबारे सकारात्मक छ”, उनले भने। चिवाभञ्ज्याङलाई नाकाको विकास गर्ने उद्देश्यले सिक्किम राज्य सरकारले ५६ करोड भारतीय रुपैयाँ खर्चेर उत्तरे बजारदेखि चिवाभञ्ज्याङसम्म २२ किलोमिटर सडक विस्तार गरेको छ।

नेपालबाट पुष्पलाल (मध्यपहाडी) राजमार्ग दशकअघि नै चिवाभञ्ज्याङसम्म पुगिसकेको छ। उक्त राजमार्गको उद्गम विन्दु पनि चिवाभञ्ज्याङ हो। पाँचथरको याङवरक गाउँपालिका–१ मा पर्ने चिवाभञ्ज्याङ नाका खोल्न याङवरक गाउँपालिकासहित यस क्षेत्रका नागरिकले माग गरिरहेका बेला सिक्किम राज्य सरकारले पनि नाका खोल्न पहल गरेको छ। चिवाभञ्ज्याङसम्म नेपालका तर्फबाट उक्त राजमार्ग कालोपत्र दुई वर्षअघि गर्न थालेपनि निर्माण व्यवसायीको लापर्बाहीले पूरा हुन सकेको छैन।

वन अतिथिगृहको उद्घाटनका लागि चिवाभञ्ज्याङ पुग्नुभएका मुख्यमन्त्री तामाङले सिक्किमबाट चिवाभञ्ज्याङसम्म विस्तार भएको सडकलाई बहुउद्देश्यीय कोरिडोर बनाउने योजना रहेको बताए। चिवाभञ्ज्याङ अन्तर्राष्ट्रिय नाका बनेपछि उक्त सडकलाई दुई लेनको बनाउने उल्लेख गर्दै मुख्यमन्त्री तामाङले आफूहरुसँग सुनौलो मौका रहेको बताए।

“यो नाका खुले भारतसँगै नेपालको ४५ लाख जनसङ्ख्यालाई लाभ पुग्ने छ”, उनले भने, “यस विषयमा सङ्घीय सरकारमार्फत नेपाल सरकारसँग संवाद गर्छौँ।” नेपाल र सिक्किमका बासिन्दाको आउजाउ रहे पनि यो नाकालाई वैधानिकरुपमा खोल्नु आवश्यक रहेको मुख्यमन्त्री तामाङको भनाइ थियो। चिवाभञ्ज्याङलाई सिक्किम र नेपालबीचको द्विपक्षीय सम्पर्कविन्दु बनाउनुपर्नेमा उनले जोड दिए।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १० : ०६ बजे

नर्स तथा मिडवाइफको लाइसेन्स नवीकरणका लागि नयाँ व्यवस्था  

काठमाडौं– नेपाल नर्सिङ परिषद्ले नर्स, मिडवाइफ तथा विशेषज्ञ नर्सको लाइसेन्स

पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन

वीरगञ्ज– जिल्लामा आगामी फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका

कांग्रेस देउवा समूहलाई प्रमुख आयुक्तले भने – आयोगले विधि र पद्धतिभन्दा बाहिर गएर निर्णय गर्दैन

काठमाडौं – कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले निर्वाचन आयोगले

विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५

कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पक्षका नेताले निर्वाचन