युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, कतिले हात पारे? « Khabarhub

युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड, कतिले हात पारे?


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युनिक नेपाल लघुवित्तको एफपीओ बाँडफाँड भएको छ । यसमा ३७ हजार ९४२ जना आवेदकले गोलाप्रथामार्फत १० कित्ताका दरले सेयर प्राप्त गरेका छन् । यी मध्ये ५ जनाले ११ कित्ता प्राप्त गरेका छन् ।

एफपीओमा कुल १३ लाख ५७ हजार १८० जना आवेदकले आवेदन दिएकोमा १ हजार ४९३ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

लघुवित्तले जेठ ११ गतेदेखि ७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३ लाख ७९ हजार ४२५ कित्ता एफपीओ बिक्री खुला गरेको थियो । रेटिङ एजेन्सी केयर नेपालले यस कम्पनीको एफपीओलाई केयर एनपी बी प्लस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमता उच्च जोखिम रहेको संकेत गर्छ । 

केयर नेपालले २०७९ फागुन २६ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० माघ २१ गतेसम्म कायम रहनेछ । 

बिक्री प्रबन्धकको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपीओको नतिजा हेर्न सकिने छ । साथै, युनिक नेपाल लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले एफपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि हेर्न सकिन्छ । 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १२ : ०५ बजे

एनपीएलको जोश बढाउँदै एक्सट्रीम : ७ टोली, ७ गेट

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) सिजन ३ सुरु हुनुअघि नै एक्सट्रीम

सप्तकोशीमा पानीको बहाव बढेसँगै ३१ ढोका खोलिए

सुनसरी– बुधबार रातिदेखि परेको अविरल वर्षाका कारण सप्तकोशी नदीमा जलसतह

चोभार गल्छीमा उर्लियो बागमती

काठमाडौं– निरन्तर वर्षाका कारण बागमती नदी र यसका सहायक खोलाहरूमा

बालेनको सम्बोधनमा कांग्रेसले भेट्टायो त्रुटि, प्रवक्ताले भने ‘क्षतिको मूल्याङ्कन मिलेन’

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले शुक्रबार संयुक्त राष्ट्रसंघको ८१औँ सभामा गरेको

कोरलानाका क्षेत्रमा हिमपात

मुस्ताङ– समुद्री सतहको चार हजार ६१० मिटरको उचाइमा अवस्थित नेपाल–चीन