स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु « Khabarhub

स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

बैतडी – बैतडीका स्थानीय तहले वैदेशिक रोजगारीमा जान चाहने नागरिकलाई श्रम स्वीकृति दिन सुरु गरेका छन्। यहाँका दश स्थानीय तहमध्ये पाटन र दशरथचन्द नगरपालिकाले श्रम स्वीकृति दिन सुरु गरेका हुन्।

यसअघि श्रम मन्त्रालयबाट मात्रै दिइने गरेको श्रम स्वीकृति अब स्थानीय तहबाट पनि प्रदान गर्न सकिने भएपछि दुई पालिकाले श्रम स्वीकृति दिन थालेका हुन्।

सरकारको गत चैत १६ गतेको निर्णय अनुसार वैशाख १ गतेदेखि लागू हुने गरी स्थानीय तहले नै रोजगार शाखामार्फत श्रम स्वीकृति दिन सक्ने निर्णय गरेको थियो। सोही निर्णयका आधारमा पाटन नगरपालिकाले श्रम स्वीकृति दिन थालेको नगरप्रमुख गौरीसिंह रावलले जानकारी दिइन्। वैदेशिक रोजगारीलाई व्यवस्थित र मार्यादित बनाउन स्थानीय तहबाट श्रम स्वीकृति दिने कार्य महत्वपूर्ण रहेको उनको भनाइ छ।

पाटन नगरपालिकाबाट श्रम स्वीकृति लिने पहिलो व्यक्ति मलेसिया जान लागेका वडा नं ६ का नवीन विक रहेका छन्। नगरपालिकामै श्रम स्वीकृति पाएपछि निकै सहजता भएको उनले बताए। बिना कुनै झण्झट कम खर्चमा घरदैलोबाटै काम भएपछि खुसी लागेको उनको भनाइ छ।

यसअघि दशरथचन्द नगरपालिकाले गत वैशाख अन्तिम साताबाट श्रम स्वीकृत दिन थालेको थियो।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १२ : ३० बजे

प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्रको एक करोड एक लाख सहयोग

काठमाडौं- प्रधानमन्त्री राहत कोषमा ब्रह्माकुमारी राजयोग सेवा केन्द्र, नेपालले एक

एट्लान्टिकको जोखिमपूर्ण यात्रामा अलपत्र एक हजारभन्दा बढी आप्रवासीको उद्धार

एजेन्सी– युरोप पुग्ने प्रयासमा एट्लान्टिक महासागरको जोखिमपूर्ण मार्ग हुँदै यात्रा

मिराज भन्छन् : यो सरकारलाई केही समय कुर्छौँ, नभए थर्ड पोलको तयारीमा लाग्छौँ

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा मिराज ढुङ्गानाले वालेन्द्र शाह नेतृत्वको वर्तमान

एभरेष्ट भ्यू ट्रेल रेसलाई अन्तर्राष्ट्रिय मान्यता, आईटीआरएबाट ३ पोइन्ट

सोलुखुम्बु- माप्य दुधकोशी गाउँपालिकामा आयोजना हुँदै आएको ‘एभरेष्ट भ्यू ट्रेल रेस’

‘यो सरकारले कार्यकाल पूरा गर्दा जनता निराश भइसक्छन्, कार्यशैली सुधारोस्’

काठमाडौं- जेन-जी आन्दोलनका अगुवा उपार्जुङ चाम्लिङले वर्तमान सरकारले सबै पक्षलाई