चौतारा संरक्षण र सरसफाइमा जुटे राइनासका युवा « Khabarhub

चौतारा संरक्षण र सरसफाइमा जुटे राइनासका युवा


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


21
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको राइनास नगरपालिका वडा नं. ८ मा चौतारा संरक्षण तथा सरसफाइ अभियान थालेका छन्। पुर्ख्यौली सम्पदाको रूपमा रहेका पाटी पौवा तथा चौताराहरू लोप हुने अवस्थामा पुगेको भन्दै स्थानीय युवाहरू सोको संरक्षणमा जुटेका हुन्।

पछिल्लो समय विकास र समृद्धिको नाममा बाटोको छेउ छाउमा पर्ने चौताराहरू मास्ने क्रम बढ्दो रहेको र भएका केही चौतारा पनि जीर्ण अवस्थामा रहेकाले अभियान नै सञ्चालन गरी चौतारा संरक्षण तथा सरसफाइमा युवाहरू जुटेको राइनास ८ का स्थानीय युवा प्रकाश श्रेष्ठले बताए।

वडाका करिब २० जना युवाहरूको सक्रियतामा अभियान सुरु गरिएको हो। युवाहरूले चौतारा वरिपरिको झाडी फाँड्ने, भत्किएको भएमा सोको मर्मत गर्ने गर्दछन्।  अभियानमा तार्कुघाट प्रहरी चौकीका इञ्जार्ज तथा सुरक्षाकर्मीहरूले पनि साथ र सहयोग गरेको स्थानीय युवाहरूले बताएका छन्। युवाहरूले सम्पदा संरक्षणको यस अभियानमा सबैले साथ र सहयोग गर्न सामाजिक सञ्जाल मार्फत आव्हान समेत गरेका छन्।

वातावरण एवम् पर्यावरणको सुन्दरतालाई कायम राख्न र शीतल छहारीका लागि पनि चौतारा आवश्यक पर्ने भएकाले युवाहरूले सुरु गरेको अभियानमा सबैले हातेमालो गर्नुपर्ने स्थानीय पूर्व शिक्षक चिज कुमार श्रेष्ठ बताउँछन् ।

यही महिनाबाट सुरु भएको अभियान अन्तर्गत हालसम्म वडाभित्र विभिन्न टोलमा रहेका करिब १५ वटा चौतारा सरसफाइ गरिएको प्रकाश श्रेष्ठले जानकारी दिए। कतिपय चौतारा जीर्ण अवस्थामा रहेकाले सोको मर्मत गर्नुपर्ने युवाहरूले बताएका छन्।

अभियानको सुरुमा वडाभित्रका सबै चौतारा र वरिपरि सरसफाइ गरिने भएको छ। विभिन्न स्थानमा रहेका चौतारो लागि सम्बन्धित टोलका स्थानीयहरूले संरक्षण जिम्मा लिनुपर्ने भए पनि स्थानीयले खासै ध्यान नदिँदा जीर्ण अवस्थामा पुगेको युवाहरूको भनाई छ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १२ : ३७ बजे

उपसभामुख ठाकुर रोपाइँमा सहभागी

धनुषा – राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सवका अवसरमा उपसभामुख

देशभर ६२.६८ प्रतिशत क्षेत्रमा मात्र सिँचाइ सुविधा

ललितपुर – देशभर पर्याप्त वर्षा नहुँदा किसानले रोपाइँका बेला सिँचाइ

ब्राजिललाई चुनौती दिन जापान तयार, इतिहास बदल्ने लक्ष्य

काठमाडौं – विश्व फुटबलको महाशक्ति ब्राजिलसँगको नकआउट भिडन्तअघि जापानले आफू

चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

भरतपुर – चितवन र मकवानपुरका उत्कृष्ट २१ जना किसान पुरस्कृत

बजेट निर्माणमा सुधार, ढिला गर्ने स्थानीय तहको संख्या घट्यो

काठमाडौं – स्थानीय तहको बजेट निर्माण प्रक्रियालाई प्रभावकारी बनाउन भूमि