सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी गर्न सांसदहरूको माग | Khabarhub Khabarhub

सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी गर्न सांसदहरूको माग


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा  सांसदहरुले भारतले अखण्ड भारत भन्ने नक्सामा नेपालको कपिलवस्तु, तिलौराकोटलगायत भूमि समेटेर सार्वजनिक गरेको जनाउँदै कूटनीतिक ‘नोर्ट’ मार्फत भारतसँग स्पष्ट जवाफ माग गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।

बैठकमा सांसद डा. बिमला राई पौडेलले भारतले हालै सार्वजनिक गरेको नक्शामा नेपालको भूमि समेटिएको विषयबारे सदनलाई जानकारी गराउन सरकारसंग माग गरिन् । उनले भनिन् ‘लामो खडेरी र बढ्दो तापक्रमले तराईको जनजीवन अस्तव्यस्त भएको, यसबाट विद्यालय, कार्यालय बन्द रहेको र अस्पतालमा बिरामी बढिरहेका  छन् ।  सरकारले सम्भावित जोखिमबारे जनचेतनाको साथै राहत र उद्धारको कामलाई कसरी व्यवस्थित गर्दैछ यसको जानकारी गराउनु पर्छ ।’

 सांसद भैरवसुन्दर श्रेष्ठले हालै भारतले अखण्ड भारत नामक नक्शामा नेपालको कपिलवस्तु, तिलौराकोटलगायत भूमि समेटेर सार्वजनिक गरेको र यसले नेपालको राष्ट्रिय अखण्डता र सार्वभौमिकतामाथि प्रहार गरेको छ भने। उनले भने ‘नक्शाबारे नेपाल सरकारले भारतसरकारसँग स्पष्ट जवाफ माग गर्नुपर्छ ।’

सांसद नरपति लुहारले फुकोट हाइड्रोपावर सम्बन्धीको सम्झौता कर्णालीवासी मात्रै नभएर नेपालको हितमा नरहेको जनाउँदै उक्त सम्झौता खारेज गर्न सरकारको ध्यानाकर्षण गराए । यसैगरी सांसद प्रकाश पन्थले पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिन–पोखरागण्ड विस्तारको क्रममा स्थानीय र पैदलयात्रुले निकै सास्ती र दुःख भोग्नुपरेको, बर्खायाम सुरु भएकाले समयमै सम्भावित विपद् जोखिम व्यवस्थापन तयारी थाल्न सरकारसँग माग गरे ।

सांसद महेशकुमार महराले विसं २०७७ साउनमा परेको अविरल वर्षाले डडेलधुराको आलिताल गाउँपालिकाको बलौचाँमा पहिरोमा पुरिएर ४२ घरधुरी नष्ट भएको र परिवार विस्थापित भएको तथा पीडित परिवारले अहिले पनि राहत नपाएको बताए ।

सांसद रामचन्द्र राईले हेटौँडा सिमेन्ट उद्योगका सेवा निवृत्त कर्मचारीको रकम एक वर्षदेखि व्यवस्था नभएको जनाउँदै रकम भुक्तानी दिलाउन उद्योग मन्त्रालयले पहल गर्नुपर्छ भने । 

अर्का सांसद सिंहबहादुर विश्वकर्माले सिन्धुपाल्चोक हेलम्बुदेखि काठमाडौँ पुग्ने साँखु–जर्सिङपौवा सडक कालोपत्र बाँकी सडक स्तरोन्नति हुन नसकेको र बर्खायामको समयमा यात्रु र सर्वसाधारणले निकै सास्ती बेहोर्नुपरेको हुँदा काम चाँडो सम्पन्न गर्ने व्यवस्था मिलाउन माग गरे ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ३ : ३६ बजे

देशको विकास र समृद्धिका लागि नेतृत्वप्रतिको भरोसा आवश्यक : शंकर पोखरेल

काठमाडौं– नेकपा एमालेका महासचिव शंकर पोखरेलले सामाजिक सञ्जालमा घृणा, आक्रोश

पत्रकारलाई धम्क्याउने काम बन्द गर्न महासङ्घको माग 

धनगढी– समाचार प्रकाशित गरेको विषयमा पत्रकारलाई धम्क्याएको भन्दै नेपाल पत्रकार

माओवादीको ‘तराई मधेश जागरण अभियान’ आजदेखि, वर्षमान र जनार्दनको काँधमा प्रचण्डको हात

काठमाडौं– नेकपा माओवादी केन्द्रले आजदेखि ‘तराई मधेश जागरण अभियान’ सुरु

केपी ओली कप फुटबल : आज दुई खेल हुँदै

काठमाडौं– केपी ओली कप च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन्

बालेनलाई वडाध्यक्षको प्रश्न- नागरिकलाई भेटेर के बिग्रन्छ मेयर साब ?

वार्षिक २५ अर्ब धनराशि चलाउने काठमाडौं महानगर देशकै शक्तिशाली जनप्रतिनिधिमूलक