क्यानडामा इन्दिरा गान्धीको विरोधमा झाँकी प्रदर्शन « Khabarhub

क्यानडामा इन्दिरा गान्धीको विरोधमा झाँकी प्रदर्शन


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


54
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– क्यानडामा खालिस्तानीहरुले इन्दिरा गान्धीको विरोधमा झाँकी प्रदर्शन गरेका छन । उनीहरूले क्यानडाको ब्राम्पटन क्षेत्रमा एउटा झाँकी निकालेका थिए, जसमा इन्दिरा गान्धीको हत्याको घटनालाई पनि झाँकीको रुपमा समावेश गरेका छन् ।

उनीहरुको अनुसार झाँकीमा यसलाई बदलाको रूपमा वर्णन गरिएको थियो। यो झाँकीको भिडियो सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । भारतीय प्रयोगकर्ताहरूले यसको चर्को आलोचना गरिरहेका छन् ।

कांग्रेसले पनि यसको आलोचना गरेको छ । इन्दिरा गान्धीको हत्यालाई क्यानडाको झाँकीमा समावेश गरेकोमा कांग्रेसले कडा प्रतिक्रिया दिएको छ । कांग्रेसले भारतीय विदेशमन्त्री एस जयशंकरलाई यो विषय क्यानडा सरकारसमक्ष दृढताका साथ उठाउन माग गरेको छ । विदेशमन्त्री एस जयशंकरले पनि क्यानडा सरकारको आलोचना गर्दै त्यहाँ पृथकतावादी, कट्टरपन्थीहरूलाई संरक्षण दिइने बताए।

कांग्रेस नेता मिलिन्द देवराले ट्वीट गर्दै भने, ‘यो पक्ष लिने कुरा होइन तर यो देशको इतिहास र प्रधानमन्त्रीको हत्याबाट भएको पीडाको सम्मानको कुरा हो।’
कांग्रेस नेता जयराम रमेशले पनि विदेश मन्त्रीलाई क्यानाडा सरकारसँग यो मामिला दृढताका साथ उठाउन आग्रह गरेका छन् ।

 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ४ : ०९ बजे

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छाड्न आदेश

बुडापेस्ट- हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य गतिविधिमा संलग्न भएको आरोप लगाउँदै रुसी

गृहमन्त्री सहभागी कार्यक्रमबारे क्रान्तिशिखाको प्रश्न : यही दिन देख्न थियो महान् सहिदहरूको बलिदान ?

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीकी सचेतक क्रान्तिशिखा धितालले जेन-जी आन्दोलनका सहिद

‘जेनजी आन्दोलनमा बाह्य तत्वको घुसपैठ छ भन्ने कुरामा मलाई विश्वास छैन’

काठमाडौं– जेन-जी पुस्ताका युवाहरूले गतवर्षको भदौ २३ र २४ गते

बाढीपीडितलाई भीमेश्वरको ३० लाख र वैतेश्वरको ७ लाख ७० हजार सहयोग

दोलखा – रसुवा–भोटेकोसी नदीमा गत भदौ १० गते आएको विनाशकारी बाढीबाट

भारत–बङ्गलादेश रेलसेवा पुनः सञ्चालनबारे वार्ता

ढाका– भारत र बङ्गलादेशले स्थगित यात्रु रेलसेवा पुनः सञ्चालन गर्ने