संघीय निजामती सेवा ऐन कानून र अर्थ मन्त्रालयमा अड्केर बस्यो : मन्त्री मोदी « Khabarhub

संघीय निजामती सेवा ऐन कानून र अर्थ मन्त्रालयमा अड्केर बस्यो : मन्त्री मोदी


२५ जेष्ठ २०८०, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन कानून र अर्थ मन्त्रालयमा अड्केर बसेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोदीले आफूले संघीय निजामती सेवा ऐनलाई प्राथमिकतामा राखेर छिटो-छिटो कानून र अर्थ मन्त्रालय पठाएको अहिले पनि त्यही अड्केर बसेको बताएका हुन् । उनले उक्त ऐनलाई अघि बढाउनका लागि आफूले पटक पटक अनुरोध समेत गरेको भन्दै आफ्ना कारणले ढिलाई नभएको प्रस्टोक्ति दिए ।

मन्त्री मोदीले आफूले कर्मचारी सरुवाका विषयमा पटक पटक परिपत्र जारी गर्दा पनि कार्यान्वयन हुन नसकेको गुनासो गरे । अहिले स्थानीय तहका कर्मचारी व्यवस्थापनको समस्या ज्यादै गरेको र पूर्वमन्त्री, बहालवाला सांसद, मेयर लगायतले पनि भनुसन गर्न आउने गरेको उनले बताए । 

उनले स्थानीय तहमा चार पटक सरुवा गरेपनि फर्केर आउनुपर्ने अवस्था विद्यमान रहेको बताए । उनले मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशमा खाली रहेका स्थानमा कर्मचारी पठाउने कामलाई प्राथमिकता राखेको र यसलाई कार्यान्वयन गर्न निर्देशन दिइसकेको धारणा राखे ।

त्यस्तै मन्त्री मोदीले अव कर्मचारीको पहिलेको जस्तो ट्रेड युनियन हुन नसक्ने भन्दै उनीहरूको अधिकार समेत कटौती गर्न लागिएको जानकारी दिए ।

 

प्रकाशित मिति : २५ जेष्ठ २०८०, बिहिबार  ६ : ३२ बजे

यस्तो छ, पोखरा र सुदूरपश्चिमको प्लेइङ इलेभेन

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

फ्लेभियो बोल्सोनारो र परिवारलाई अमेरिकाले भिसा दिने

एजेन्सी-ब्राजिलको राष्ट्रपति निर्वाचनमा लुइज इनासियो लुला दा सिल्भासँग पराजित फ्लेभियो

भारत–पाकिस्तान युद्ध रोक्न २५० प्रतिशत भन्सार शुल्कको धम्की दिएको ट्रम्पको दाबी

एजेन्सी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र पाकिस्तानबीचको सैन्य द्वन्द्व

टस जितेको सुदूरपश्चिमले बलिङ रोजेपछि पहिले ब्याटिङ गर्दै पोखरा

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको खेलमा पोखरा

मुख्य धानखेत बगरमा परिणत

रसुवा– उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य