संघीय निजामती सेवा ऐन कानून र अर्थ मन्त्रालयमा अड्केर बस्यो : मन्त्री मोदी « Khabarhub

संघीय निजामती सेवा ऐन कानून र अर्थ मन्त्रालयमा अड्केर बस्यो : मन्त्री मोदी


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐन कानून र अर्थ मन्त्रालयमा अड्केर बसेको बताएका छन् ।

बिहीबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री मोदीले आफूले संघीय निजामती सेवा ऐनलाई प्राथमिकतामा राखेर छिटो-छिटो कानून र अर्थ मन्त्रालय पठाएको अहिले पनि त्यही अड्केर बसेको बताएका हुन् । उनले उक्त ऐनलाई अघि बढाउनका लागि आफूले पटक पटक अनुरोध समेत गरेको भन्दै आफ्ना कारणले ढिलाई नभएको प्रस्टोक्ति दिए ।

मन्त्री मोदीले आफूले कर्मचारी सरुवाका विषयमा पटक पटक परिपत्र जारी गर्दा पनि कार्यान्वयन हुन नसकेको गुनासो गरे । अहिले स्थानीय तहका कर्मचारी व्यवस्थापनको समस्या ज्यादै गरेको र पूर्वमन्त्री, बहालवाला सांसद, मेयर लगायतले पनि भनुसन गर्न आउने गरेको उनले बताए । 

उनले स्थानीय तहमा चार पटक सरुवा गरेपनि फर्केर आउनुपर्ने अवस्था विद्यमान रहेको बताए । उनले मन्त्रालयले कर्णाली र सुदूरपश्चिम प्रदेशमा खाली रहेका स्थानमा कर्मचारी पठाउने कामलाई प्राथमिकता राखेको र यसलाई कार्यान्वयन गर्न निर्देशन दिइसकेको धारणा राखे ।

त्यस्तै मन्त्री मोदीले अव कर्मचारीको पहिलेको जस्तो ट्रेड युनियन हुन नसक्ने भन्दै उनीहरूको अधिकार समेत कटौती गर्न लागिएको जानकारी दिए ।

 

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  ६ : ३२ बजे

स्पिकर बजाउने तयारी गर्दै गर्दा करेन्ट लागेर १८ वर्षीय युवकको मृत्यु

बारा – बाराको फेटा गाउँपालिकामा करेन्ट लागेर १८ वर्षीय युवकको

मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यमा सहभागी हुन आह्वान

सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय, धनगढीले मतदाता नामावली दर्ता

इन्डोनेसियाको राष्ट्रिय निकुञ्जमा आठ दिनदेखि डढेलो जारी

सुराबाया – जाभा टापुको एउटा राष्ट्रिय निकुञ्जमा विनाशकारी डढेलोले ५००

जेल पुगेका जेन-जी नेता सोडारीलाई राहत, १ लाख धरौटी तोक्ने जिल्लाको निर्णय बदर

काठमाडौं- सर्वोच्च अदालतले बन्दीप्रत्यक्षीकरणको रिटमा पक्राउ परेका निवेदकहरूबाट जनही १

झारखण्डको राँचीमा प्रदर्शनकारी विद्यार्थी र प्रहरीबीच ठाउँठाउँमा झडप

काठमाडौं- भारत झारखण्ड राज्यको राजधानी राँचीमा सरकारी सेवाको भर्ना परीक्षामा