कांग्रेसले अब कुनै दलसँग गठबन्धन गर्दैन : गगन थापा « Khabarhub

कांग्रेसले अब कुनै दलसँग गठबन्धन गर्दैन : गगन थापा


२५ जेठ २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


39
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली समाजमा बढ्दै गएको निराशालाई आशामा बदल्न नेपाली कांग्रेसले पहलकदमी लिनुपर्ने बताएका छन् ।

नेपाली कांग्रेसको १४औँ महाधिवेशनपछि धनकुटाको पहिलो जिल्ला अधिवेशन उद्घाटनमा आएका थापाले अहिले देशका सबै राजनीतिक कार्यकर्ता तथा आमनागरिक सरकार र देशको अवस्थाबाट निराश भएको बताए ।

“माओवादी शान्ति प्रक्रिया र संविधान लेखनपछि केही हुन्छ भनेर आश गरेका नेपालीहरूले दुवै कालखण्डपछि केही नभएकाले निराश छन्”, थापाले भने, “यस्तो अवस्थामा आम नागरिकमा उत्साह छर्ने काम नेपाली कांग्रेस तथा पार्टी कार्यकर्ताहरूको हो ।”

सत्ता र सरकारभन्दा नागरिकको सरोकार प्रमुख भएकाले कांग्रेसले नागरिकको समस्या समधान गरेर निराशाको दलदलबाट उनीहरूलाई उठाउनुपर्ने थापाको भनाइ थियो ।

अर्को प्रसङ्गमा थापाले राजनीतिमा कुनै दुश्मन वा मित्र नहुने कांग्रेसको नीति भएकाले आगामी चुनावमा कांग्रेसले कुनै दलसँग गठबन्धन नगर्ने बताए ।

सत्ता र सरकार कांग्रेसको प्राथमिकता नभए पनि वर्तमान अवस्थामा कांग्रेसले गठबन्धन गरेर त्यसको विपरीत काम गर्दा नागरिकमा गलत सन्देश गएको थापाको भनाइ थियो । कांग्रेस जिल्ला सभापति दिनेश राईको अध्यक्षतामा सम्पन्न जिल्ला अधिवेशनमा सङ्घ, प्रदेश र जिल्लाका सात स्थानीय तहका नेता तथा कार्यकर्ताको सहभागिता थियो ।

प्रकाशित मिति : २५ जेठ २०८०, बिहीबार  १० : १२ बजे

बसको ठक्करबाट पैदलयात्रीको मृत्यु

महेन्द्रनगर– बसको ठक्करबाट यहाँ एक जना पैदलयात्रीको मृत्यु भएको छ

६ दशक कांग्रेसमा बिताएका छायारामको निचोड- जहाँ रुख-चारतारा त्यतै भरोसा

काठमाडौं – स्याङजा भिरकोट नगरपालिकाका पूर्वप्रमुख छायाराम खनाल नेपाली कांग्रेसलाई

सिरहाको गोसाइँ डाँडा ताल : पर्यापर्यटनको सङ्गम

सिरहा– चुरे क्षेत्रको प्राकृतिक सौन्दर्य, जलसंरक्षण र स्थानीय रोजगारीलाई एउटै

आईसीसी ग्लोबल छनोट : अभ्यास खेलमा अमेरिकासँग भिड्दै नेपाल

काठमाडौं – आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत शुक्रबार

इरानका विषयमा इस्लामिक देश किन विभाजित छन् ?

तेहरान– इरानलाई लिएर इस्लामिक देशहरूबीच देखिएको गहिरो विभाजनको पछाडि धार्मिकभन्दा